Monday 2nd March 2026

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स २०२१ को उपाधि


तीतोपाटी – भारतकी हरनाज सन्धुले यस वर्षको मिस युनिभर्स उपाधि जितेकी छन् । सोमबार इजरायलमा आयोजित प्रतियोगितको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका प्रतियोगीहरूलाइ हराएर २१ वर्षीया पञ्जावकी मोडेल सन्धुले मिस युनिभर्सको ताज जितेकी हुन् ।

मिस युनिभर्सको यस प्रतियोगितमा भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतकी लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । ८० देशका प्रतियोगीहरू सहभागी भएको यस पटकको मिस युनिभर्स प्रतियोगिताको फाइनलमा १६ जना उत्कृष्ट सुन्दरीहरू स्पर्धामा थिए ।

इजरायलको इलियटमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले सन्धूलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै पाराग्वेकी नादिया फेरेइराले फर्स्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितिन् ।

प्रतियोगिताको ७० वर्षको इतिहासमा पहिलो पटक बहराइनबाट मनार नदीम देयानीले ताजका लागि प्रतिस्पर्धा गरेकी थिइन् तर मध्यपूर्वका कुनै पनि सुन्दरी उत्कृष्ट १६मा पर्न सफल भएनन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

प्रतिकृयाहरू
...