Monday 13th April 2026

नेपाली दूतावास यूएईले सुरक्षित कार्यवातावरण निर्माणका लागि गर्‍यो अन्तर्क्रिया


तीतोपाटी, काठनाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका नेपाली कामदारहरुको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्यवातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग नेपाली दूतावासले अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

अबुधाबीस्थित नेपाली राजदूतावासमा बिहिवार भएको अन्तर्क्रिया कार्यक्रममा राजदूत कृष्णप्रसाद ढकालले यूएई आउने नेपाली कामदारहरुको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतवास सदैव सक्रिय रहेको उल्लेख गरे । उनले रोजगारदाता कम्पनी र दूतावासबीच नियमित छलफल तथा समन्वय भएमा र नेपालबाट आउनु आघीनै कम्पनीहरुले भाषा तालिम गरिदिए राम्रो हुने बताए ।

सहभागी प्रतिनिधिहरूले नेपालबाट वैदेशिक रोजगारीमा आउँदा कम्पनीले ब्यहोर्ने खर्चका अतिरिक्त ठूलो रकम तिरेर नेपालीहरू आएको भेटिएको बताउँदै यस्तो अनावश्यक आर्थिक व्ययभार रोक्न पहल गर्नुपर्ने सुझाव दिए। नेपाली कामदारहरू लगनशील, इमान्दार र परिश्रमी रहेको उल्लेख गर्दै यस्ता कामदारलाई प्रस्थानअघि आवश्यक तालिम प्रदान गरिनुपर्ने कुरामा समेत जोड दिएका थिए। सहभागीहरूले समयमा तलब पाउने, तोकिएको विदा दिनेलगायत सम्झौतापत्रमा उल्लेख गरिए अनुरूपका सेवा-सुविधा उपभोग गर्ने विषयमा सबैले जोड दिनुपर्ने बताएका थिए। साथै, दूतावासबाट गरिने माग प्रमाणीकरण तथा भिसा प्रमाणीकरणको कार्य अनलाइन प्रणालीमार्फत गर्नुपर्ने पनि उनीहरूको सुझाव थियो।

उक्त कार्यक्रममा मिनिस्टर काउन्सेलर विशाल भट्टराईले सुरक्षित वैदेशिक रोजगारको लागि नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा जानकारी गराउँदै युएई आउने नेपाली नागरिकको सुरक्षा तथा सेवा सुविधाका विषयमा दूतावास क्रियाशील रहेको बताए । श्रम काउन्सेलर निर्मला थापाले कामदारको भर्ना प्रक्रिया, नेपाली नागरिकले कम्पनीबाट पाउने सेवा सुविधा, काम गर्दा आइपर्ने कठिनाइलगायत नेपाली दूतावासबाट सम्पादन गरिने कामका विषयमा द्विपक्षीय साझेदारी आवश्यक रहेकोले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने बताईन ।

उक्त कार्यक्रममा युएईस्थित विभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...