चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८० औं काव्य श्रृङ्खला गीत विशेष गत २०७८ मंसिर २२ गते भव्यताका साथ सम्पन्न भयो ।
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा,गोविन्द कलानिधि दाहाल,गंगा लिगल,गोविन्द घिमिरे वेदमणी,ललिता दोषीको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८० औं गीत विशेष श्रृङ्खला २३ जना साहित्यकारको सहभागितामा भव्य रुपामा सम्पन्न भएको थियो ।
कार्यक्रमको विशेष उपस्थितिमा,खगेन्द्र बस्याल,लक्ष्मी प्रसाद मिश्रहरि प्रसाद चौलागाइ,सोम लुइटेल,दुर्गा रिमाल,चुडा निर्भिक,बिनु बाबा घिमिरे,शुरेश घिमिरे,टेक बहादुर लौडारी,उर्मिला पन्त,बीर बहादुर लोहनी,आर्त अकुलिन,चन्द्रावती अधिकारी,द्वारिका कुइकेल,अमृता पाण्डे,राजकुमार सशांकर,शारदा आचार्य,सिता कार्की,जानुका थापा,लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना गीत प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि डा, जितालीले राष्ट्रयता,गौरव उचाल्ने खालका गीत सबैको सुन्दर सुन्न पाइयो भन्नु हुँदै नेपाली लोक गीत बा,आमा भन्न जाने देखि सिकेको हो । दोहरी गीतको तत्काल सवाल जवाफले विकसित मुलुक पनि दङ्ग परिरहेछन भन्नु हुँदै घाँसे झ्याउरे गीत प्रस्तुत गर्नु भयो ।
कलानिधि दहाल,गंगा लिगलले शुभकामना व्यक्त गर्नु हुँदै आ-आफ्नो रचना सुनाउनु भयो ।अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले गीत लेख्ने सैद्धान्तिक अवधाराणा बारे प्रकास पार्दै गीत लेख्दा स्थाइ र अन्तराको अन्तर सम्वन्ध मिल्यो भने लोक प्रिय हुन्छ चन्द्रागिरिले विभिन्न विधागत काव्य गोष्ठी गर्दै आएकोले हरेक विधामा स्रष्टाहरूले कलम चलाउनु भएकोबाट खुशी व्यक्त गर्नु भयो ।
खोरिया पर्वतकको रुपमा खोरियाको सैदान्तिक पक्ष ४ लाइनको संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी पनि दिनु हुँदै आफ्नो शव्द रचनाको ५२सालमा सालिकराम बैध्यको स्वरमा रेकर्ड भएको अल्बमको गीत सुनाउनु हुँदै नया गीत,र खोरिया पनि सुनाउनु भयो ।चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनु भएकोछ ।कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको खुशी व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु हुँदै कार्यक्रमको समापन गर्नुभयो ।