Saturday 27th April 2024

कतारबाट विद्यालयको अक्षयकोष स्थापनाको लागि सहयोग


तीतोपाटी, काठमाडौं – कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयलाई अक्षयकोष स्थापनार्थ एक लाख एक हजार एक सय नेपाली रुपैया सहयोग गरेका छन । मियाँले गोरखाको सिरानचोक-३ हर्मीमा रहेको शिखर ज्योति प्राथमिक बिद्यालय उक्त रकम बिहीवार हस्तान्तरण गरेका हुन ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह बहादुर थापालाई अक्षयकोष स्थापनाको लागि नगद हस्तान्तरण गर्दै मियाँले यसरी आफू पढेको बिद्यालयमा अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरुलाई सहयोगार्थ अक्षयकोष स्थापना गर्न पाउदा गर्ब लागेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापा लगायत लगाएत अभिभाबकहरुले मियाँको सहयोगी भाबनाको प्रसंशा गरेका थिए । सोही कार्यक्रममा मियाँले विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री पनि वितरण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...