पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला ः- आठौं ( ८ )
——————————————–
“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार”
विधा ः- पञ्चाङ्ग
अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला
मिती ः- २०७८/ ०८ / २१
………………………………………….
प्रशिक्षकः-
सोमनाथ लुइटेल रवि
सुशीला पौडेल
सविता के.सी.
भाषा शुद्धीकरण सुझाव ः-
सुशिला पौडेल
सविता के.सी.
चन्द्रावती अधिकारी
संकलक ः-
सोमनाथ लुइटेल
सविता के.सी.
सहजकर्ता ः-
रामराजा के. सी.
======================
आठौं श्रृङ्खलाको अभ्यासमा दिएको तलका अनुप्रास र स्थायिमा १४ (चौध) अक्षरमा पञ्चाङ्ग लेख्न हुन अनुरोध गर्दछौं ।
दन्केको थियो , रन्केको थियो, भन्केको थियो सन्केको थियो झन्केको थियो ,टन्केको थियो , खन्केको थियो
ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्
पञ्चाङ्ग १
काम नै भएन भनेर रन्केको थियो
गरिबीको आगो बेसरी दन्केको थियो
श्रमजीवीलाई काम गर्न पाए पुग्छ
राहदानी हातमा लिदै भन्केको थियो
मेनपावर चारैतिर फन्केको थियो ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली “
पञ्चाङ्ग २
बिना काममा अझ त्यसै रन्केको थियो
मुल जड कुरा नबुझी सन्केको थियो
खै सभ्यता ममताको खोजी कता गरौं
लगातार मपाइत्वमा झन्केको थियो
उता गरिबको चित्कार दन्केको थियो ।
-प्रेम बहादुर थापा ,बाग्लुङ
पञ्चाङ्ग ३
–विधा– पञ्चाङ्ग
–शिर्षक — द्वन्द्व काल
–गुणनिधि घिमिरे
–पाँचथर — मोरङ हाल अमेरिका
रक्तरञ्जित आन्दोलन ञ् रन्केको थियो
जनतामा त्रासको आगोञ् दन्केको थियो
जनता राष्ट्रिय परिवर्तन ञ्ञ् चाहन्थे
नेताहरुमा पद-लिप्सा ञ्ञभन्केको थियो
त्यो अशान्ति कुर्सी मोहले तन्केको थियो
——-+——-
-गुणनिधी घिमिरे , हाल अमेरिका
पञ्चाङ्ग ४
१
कोरोना कहर राम्ररि दन्केको थियो
काम खोसेर क्वै दुखले सन्केको थियो ।
बिश्वै भरि एकै पटक गाँज्ने कोरोना
कृष्णकै रुपले होलाकि भन्केको थियो ।
रोग लागेर मानिस नै रन्केको थियो ।
२
ओमिक्रोन पसेर मन टन्केको थियो
कोरोना वल्ल परास्त भै थन्केको थियाृे
यौटा न यौटा दुःख मानव पाउदै छ
कहिले भूचालो दुःख भन्केको थियो
वाहि पहिरोलेनि घाउ टन्केको थियो ।
-मधुसूदन प्रसाद घिमिरे , काठमाडौं
पञ्चाङ्ग ५
८८८८
यज्ञ गर्ने स्थलमा आगो दन्केको थियो।
बाहिर पञ्चे बाजा बजी घन्केको थियो।।
बेहुली घुम्टो ओढेर मौनता मा थिईन्।
हात कानमा चुरा झुम्का खन्केको थियो।।
बिचरीको अनुहार नै रन्केको थियो।।
८८८८८८
-लक्ष्मी श्रेष्ठ , बिर्तामोड झापा
पञ्चाङ्ग ६
आफ्नै समस्या ले गर्दा उ सन्केको थियो।
कसैले राम्रै भने पनि झन्केको थियो।
बुढा बाबु आमा छोडी प्रदेशीनु पर्छ
म्यान पावर वरिपरि भन्केको थियो।
दलाल संग कुरा गर्दै रन्केको थियो।
-लक्ष्मी बस्याल , बर्दिया
पञ्चाङ्ग ७
मेरो गल्ति भकै थिएन रन्केको थियो ,
घरमा खानछैन चुलो दन्केको थियो।
जसो तसो परिवार त चलाकै थियो
साहुले आएर घरमा भन्केको थियो ,
दिन सकेनौँ पैसा भनि फन्केको थियो ।
दुर्गा आचार्य , मोरङ
पञ्चाङ्ग ८
मन भित्रको मेरो घाऊ टन्केको थियो
खरको आगो झैं आफैमा दन्केको थियो
तिमीलाई नभेट्दा सम्म नि हेर प्रिय
जिन्दगी काल कोठरिमा थन्केको थियो
लाग्दैथ्यो जीवन आफैमा फन्केको थियो ।
-रामराजा के.सी. , काठमाडौं फर्पिङ
पञ्चाङ्ग ९
आफ्नै कुरामा नबुझी रन्केको थियो
किन होला आपसमा नै झन्केको थियो
मिलाइ नबोलि दोष मात्र दिन जान्यौ
नबुझेर पनि कसरी फन्केको थियो
झगडाको बीउ रोप्दै उ सन्केको थियो।
-सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग १०
म मेरो आफ्नै कुराले रन्केको थिए
त्यही माथि अरु बोल्दा सन्केको थिए।
अरूले नभएको बोल्दा दुःख लाग्छ,
यही तनावले सधैं झन्केको थिए।
कहिले काँही रिसले फन्केको थिए।
-ह्यारिस ह्यारिसन, काठमाडौं
पञ्चाङ्ग ११
दिलको घाउ दुखेर उ रन्केको थियो
पाईला पाईलामा चोट टन्केको थियो
छट्पटाई पर्खाईमा बिते पलहरु
पेटमा बेसरी आगो नै दन्केको थियो
मलाइ शोक पर्दा त्यसै झन्केको थियो
-चेतना पोखरेल , सिन्धुलि
पञ्चाङ्ग १२
मनमा बारबार घण्टी खन्केको थियो
मान्छको भिड झिँगासरी भन्केको थियो
हुन्न कुरा हुन्छ, हुन्छ हुन्न चलिरहे
ढुक्ढुकी मुटुको धड्कन झन्केको थियो
श्वास फुलेको हृदयमा टन्केको थियो ।
-सविता के.सी. , काठमाडौं
पञ्चाङ्ग १३
बस्तीमा गरिबीको आगो दन्केको थियो
सडकमा तिखो आवाज रन्केको थियो।
कति आए आश्वासन फेरिएन कतै!
उस्तै त्यो सडकमा झिङ्गा भन्केको थियो ।
सुनाई छैन माग कतै थन्केको थियो।
-चन्द्रावती अधिकारी ,बाँके