मुक्तक
मैंले प्रेम गरे तिमीमा समर्पित हुने प्रण गरेर ।
गयौ मेरो भावनाको फुलबारीमा भ्रमण गरेर ।
स्वरूप हेरेर कसैको नियत बुझ्न सकिन्न रैछ
भन के पायौ निश्छल मन मुटुको परीक्षण गरेर ।
माहाभारतको युद्ध पनि टारेर टरेन ।
पापिहरू मारिए तर पाप मारेर मरेन ।
विधाताको विधान बुझ्न सकिन्न सायद
असत्यले आफ्नो वशमा केहि पारेर परेन ।
खुसीको जिन्दगी बाट हात धुन बाध्य बनायौ ।
तिमी बाहेक अरु कसैको नहुन बाध्य बनायौ ।
तिम्रा ति गल्तीहरू ढाक्दा म कालो बादल बनें
त्यो आकाश आँखा बाट चुहाउन बाध्य बनायौ ।
म सङ्ग सबै पुरानो छ नया के छ र ।
तिम्रो याद बाहेक अरु यहाँ के छ र ।
म डुबें तिमीमा भुलेर आफैलाई पनि
तिमी बिनाको जिन्दगीमा आशा के छ र ।
सागर भण्डारी “विभोर”
बगनासकाली ६ पाल्पा
हाल- अफ्रीका