Friday 16th January 2026

मगर संघ कुवेतले माघे सग्राँती १४ जनवरी २०२२ मा मनाउँदै


जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।

गत ०३ डिसेम्बर २०२१ मा संघका अध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको ११७औं नियमित बैठकले छलफलका साथ कुवेतको वर्तमान अवस्थाको पनि मध्यनजर गर्दै उक्त निर्णय गरेको हो। कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने माघे सग्राँती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भएको छ।

स्थापना कालदेखि नै मगर संघ कुवेतले माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरुबीच मनाउँदै आएको छ। कार्यक्रममा स्थिती हेरेर मगर संस्कृतिमा आधारित नाचगानहरु प्रस्तुत गरिने छन भने सम्पूर्ण उपस्थित पाहुनागणलाई बिभिन्न मगर परिकारहरुको जलपान तथा भोजन गराईने छ।

मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै संघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा स्थापित अन्य नेपाली संघ-संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर संघ कुवेत १५ जून २०१२ मा तत्कालिन केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा स्थापना भएको थियो।

पुनश्च्व:
मिति: १४ जनवरी २०२२, शुक्रबार
समय: पूर्वान्ह ११ बजे, उप्रान्त
स्थान: ओफरा कुवेत (बिस्त्तृत जानकारी पुन. गराइने छ)


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...