सुनौं
यौटा
शीत
कथा ।१।
नाम
उस्को
राम
थियो ।२।
गैरा
गाम
ठाम
थियो।३।
खाली
खेल्ने
काम
थियो ।४।
बाबा
आमा
दुःखी
थिए।५।
रामे
छोरो
खेल्ने
मोरो।६।
लेख
पढ
भन्नू
मात्र ।७।
गाली
खान्थ्यो
हाँसी
जान्थ्यो ।८।
बल
खेल्थ्यो
पौडी
भेल्थ्यो।९।
खेल
जित्थ्यो
ताली
लिन्थ्यो।१०।
कोर्स
भन्दा
बाह्य
कुरा ।११।
पेले
मेस्सी
कंठै
पुरा ।१२।
आठ
बर्ष
पढ्यो
साँच्चै ।१३।
बर्षे
कक्षा
चढ्यो
मात्रै ।१४।
बाबा
आमा
दुखी
भए।१५।
गाली
गर्दै
स्कुल
गए।१६।
साथी
पैलो
दोस्रो
हुँदा । १७ ।
रामु
मात्रै
पछि
पर्यो ।१८।
हामी
सारै
दुखी
भयौं ।१९।
सधैं
यस्तो
किन
हुन्छ । २०।
अब
स्कुल
सारी
दिन्छौं ।२१।
सबै
कुरा
सुने
पछि ।२२।
हेड
सर
बोल्नु
भयो । २३।
हेर्नु
बाबा
सुन्नु
आमा।२४।
अरू
जस्तो
रामु
हैन।२५।
छट्टु
पनि
छदैं
छैन।२६।
स्कुल
सारी
केही
हुन्न ।२७।
अरू
भन्दा
भिन्नै
छ ऊ ।२८।
शोध
खोज
सोंच
नयाँ ।२९।
सधैं
लिन्छ
उस्ले
यहाँ ।३०।
हाँस्दै
खेल्दै
सीप
सिक्दै।३१।
खेल
बाट
गति
लिन्छ ।३२।
अरू
संग
दाँज्नु
हुन्न ।३३।
ढुक्क
हुनु
बाबा
आमा।३४।
एक
दिन
उस्ले
यहाँ ।३५।
शिर
चुम्छ
साथी
झुम्छ।३५।
किन
भने
उस्ले
रोज्यो । ३६।
पढ्नु
साटो
अर्को
बाटो ।३७।
दिन
हप्ता
मैना
बिते ।३८।
रामु
खेल्दै
जित्दै
गयो ।३९।
स्कुल
वडा
जिल्ला
क्षेत्र ।४०।
गोल
गोल
गोल
गोल ।४१।
हिप
हिप
हुर्रे
हुर्रे ।४२।
खेली
जिती
राष्ट्र
पुग्यो।४३।
शिल्ड
पायो
माला
लायो ।४४।
घर
स्कुल
राष्ट्र
छायो। ४५।
रामु
दामी
नाम
पायो ।४६।
राम्रो
अंक
ल्याइ
उस्ले ।४७।
पढ्न
लेख्न
भने
सकेन् ( ४८)
तर
नाम
दाम
काम ।४९।
अरू
भन्दा
धेरै
पायो ।५०।
चर्चा
चुली
राष्ट्र
छायो ।५१।
आज
उस्का
बाबू
आमा।५२।
रामु
देखि
साह्रै
खुशी ।५४।
नौलो
शिक्षा
दीक्षा
दिने ।५५।
खेल
बिधा
सीप
दिने।५६।
हेड
सर
स्कुल
प्रति ।५७।
गर्व
गर्छन्
सधैं
अति ।५८।
शीत
बाल
कथा
नयाँ। ५९।
सुन्ने
लाई
सुन
माला।६०।
भन्ने
लाई
फूल
माला ।६१।
बिष्णु
लोक
कथा
जाला ।६२।
( कथाकार ’ शीत ’ लघुतम उपविधाका प्रणेता र शीत काव्य समाज नेपालका अध्यक्ष हुन् ।)