Monday 13th April 2026

शोभा आचार्य गौतमका केहि षड्ऋतुहरू


षडऋतु: जाडो

१ जाडो सुरु भयो
तातो पानी खावौ
घाम पनि ताप्यौ
चिसो टाढा जान्छ
सुन्तला खाएर
जाडो मजा लाग्छ ।

जाडो बढेकै छ
घाम लागेकै छ
धनी का महल
गरिब का छाप्रो
कसरी जान्छ खै
पूषको त्यो जाडो

धनिका महल
सोलार को पानी
गरिबका छाप्रो
परालको आगो
कसरी जाने हो
गरिबको जाडो

कसले खै देख्नु
दुखिको अबस्था
कसले खै गर्नु
तिनको ब्यबस्था
नत ताप्ने आगो
नत खाने तातो

सम्झिदा खेरिनै
मन मेरो रोयो
तिनि साना बाला
केगरि बस्छन
जाडो को मौसम
कसरी टार्छन


केनै गर्न सक्छु
प्रार्थना भए नि
ईश्वर लाई गर्छु
गरिबको जाडो
हे ईश्वर हरन
रक्षा है गरन।

शोभा आचार्य गौतम काठमाडौ


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...