Saturday 24th January 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७९ औं स्वतन्त्र काव्य श्रृङ्खला भव्य रूपमा सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७९ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७८ साल मंसिर १५ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा वरिष्ठ साहित्यकार अनेसासका सल्लाहकार एवं केवल नेटवर्क टेलिभिजनका कार्यकारी निर्देशक श्री राधेश्याम लेकालीको प्रमुख आतिथ्यता,डा. बम बहादुर थापा, कलानिधि दाहाल, गंगा लिगल, जगदिश्वर पोखरेलको विशिष्ट आतिथ्यतामा अनि सुधा बस्कोटाको कुशल उद्घोषणमा ७९ औं श्रृङ्खला २५ जना साहित्यकारको सहभागितामा भव्य रुपामा सम्पन्न भयो ।

कार्यक्रमको विशेष उपस्थितिमा निर्मलरमण पराजुली, खगेन्द्र बस्याल, लक्ष्मी प्रसाद मिश्र, बीर बहादुर लौडारी, उर्मिला पन्त, राधिका गुरागाईं, गुप्त बहादुर श्रेष्ठ, चन्द्रावती अधिकारी, द्वारिका कुईकेल, हरिप्रसाद चौलागाईं, बिनुबाबा घिमिरे, सिर्जना खनाल, जानुका थापा, हरि शर्मा पंगेनी, दुर्गा अधिकारी, जानुका थापा, लक्ष्मी बस्याल लगायत २३ जना साहित्यकारहरूले आ-आफ्ना विशेष रचना प्रस्तुत गर्नु भइ सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथि लेकाली कवितामा सन्देश दिने हो । सँधै सत्ताको प्रतिपक्ष बनेर लेख्नु पर्छ,कोर्रा हान्नु पर्छ भन्नु हुदै साहित्यमा सरकारको लगानी न्यून छ,प्रज्ञाबाट परिचय पत्र दिने कुरा स्वागत योग्य छ भन्नु हुँदै नेपाली साहित्यको अन्तराष्ट्रियकरण हुनु पर्छ भन्ने कुरामा जोड दिनु भयो । चन्द्रागिरिले जुटाएको यो अवसर प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया पर्वर्तकको रुपमा खोरियाको सैद्धान्तिक पक्ष ४ लाइनको संरचना ८/८/८/५ २९ अक्षरमा लेखिने लोक छन्दको चिनारी दिनु हुँदै नेपाली साहित्यलाइ विश्वव्यापी बनाउन आधार भूमी नेपालबाट साहित्य संस्था गठन भइ अगाडि बढेको जानकारी गराउनु हुँदै कविता सुनाउनु भयो । चन्द्रगिरिको हरेक श्रृङ्खलामा नयाँ नयाँ साहित्यकारहरू जोडिनुले कार्यक्रम अझ उत्साहका साथ अगाडि बढेको खुशी व्यक्त गर्नु हुदै प्रमुख आमन्त्रित लगायत सम्पूर्ण उपस्थितीमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...