Sunday 28th April 2024

कुवेतमा मानव बेचबिखन मुद्दामा बंगलादेशी सांसदलाई ७ वर्ष जेल र जरिवाना


तीतोपाटी – घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ।उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ।

उनका बंगलादेशी सहयोगीलाई ३ वर्ष र अरब देशका कर्मचारीलाई ७ वर्षको जेल सजायको फैसला सुनाइएको छ।त्यस्तै अदालतले कुवेतका मानब संसाधन प्राधिकरण(PAM)का तत्कालिन प्रमुखलाई ७ वर्ष कैद र एक लाख ८० हजार दिनार जरिवाना सुनाएको छ।

उक्त घुसखोरी र मानव बेचबिखनको घटनामा संलग्न कुवेत प्रहरीका अधिकृतलाई ७ वर्ष जेल र १९ लाख ७० हजार दिनार जरिवाना गरिएको छ भने एक व्यापारीलाई ४ वर्षको जेल र १९ लाख ७० हजार दिनार जरिवाना तोकिएको छ। तर घट्नामा संलग्न भनी छानबिनमा परेका वर्तमान एक मन्त्रीलाई सफाइ दिएको छ।

यस घटनाका मुख्य आरोपित बंगलादेशी सांसद, उनको सहायक र लेखापाललाई लगाइएको मानव बेचबिखन, प्रभावको दुरुपयोग र आफ्नो कम्पनीको काम सक्न लेनदेन गर्दै घूस लिने-दिने जस्ता धेरै आरोपहरू अदालतले पुष्टी गरेको हो।

फोटो साभार-अरबटाइम्स


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...