Tuesday 20th January 2026

सर्लाहीको पर्सामा १६ वार्षिय बालिकालाई बनाइयो एक दिनको लागि गाउँपालिका अध्यक्ष


किसन साह,सर्लाही – भारतीय अभिनेता अनिल कपुर को “नायक” फिल्ममा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको जस्तै सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकालाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।

पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ बर्ष की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको हो ।

“सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गाउँपालिका अध्यक्ष किशुनदेव रायले बाल क्लबकी अध्यक्ष साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका हुन् ।

बालबालिकाको नेतृत्व विकास र बाल सहभागीता अभिवृद्धि गर्ने उदेश्यले एक बालिकालाई यति ठुलो पदको जिम्मेवारी दिइएको हो । जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण ब्यक्तिलाई एकदिनको लागि यस किसिमको जिम्मेवारी दिइएको हो । यसअघि कुनैपनि पालिका तथा निकायले यस्तो नगरेको गाउँपालिका अध्यक्ष रायले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...