Friday 19th April 2024

“जिउँदो सहिद” मदन चन्दको रथ यात्रा, नागरिक अभिनन्दन, ग्रन्थ विमोचन र सम्मान


“जिउँदो सहिद” भनि चिनिने प्रजात्रन्त्र सेनानी मदन चन्दको ८९ औं जन्म दिन २०७८ कार्तिक ३० गतेको अवसर पारेर उहाँको रथ यात्रा, नागरिक अभिनन्दन, अभिनन्दन ग्रन्थ विमोचन र प्रजातान्त्रिक योद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा “जिउँदो सहिद” को उपमा पाएका मदन चन्दको पूर्व मन्त्रि तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तारणी दत्त चटौतको संयोजकत्वमा, सभाधक्ष्य भिमदत्त नगरपालिकाकी उप मेयर सुशिला चन्द रहनु भएको थियो भने पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै सुदुरपश्चिम विश्व विद्यालयका उपकुलपति अम्मराज जोशी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा १०१ वर्षीय प्रजातान्त्रिक योद्धा प्रताप हरि (पी. एच.)
भट्ट लगायत माननीय तारादेवी भट्टको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा सयौं सहभागी सहितको रथयात्रा “जिउँदो सहिद” मदन चन्दको भीमदत्त नगर – ६, मधुवन ऐंठपुर स्थित निवास बाट निकालिएको रथयात्रा त्रिवेणीचोक हुँदै भानु चोक, मदन चोक, महेन्द्रनगर बजार, हस्पिटल लाइन, क्याम्पस लाइन, पुनः मदनचोकहुँदै होटेल ओपेराको सभाहलमा अभिनन्दन समारोहमा परिणत भएको थियो। मदन चन्दज्यूकी अर्धांगिनी श्रीमती मधुदेवी चन्दलाई पनि रथयात्रामा संगै
रथमा राखिएको थियो।

कार्यक्रमको औपचारिकता पश्चात शारदा विद्यापीठका सह-प्राध्यापक श्यामसुन्दर ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो भने सोहि विद्यापीठक उप प्राध्यापक हरि खतिवडाले प्रजातन्त्र सेनानी मदन चन्द अभिनन्दन ग्रन्थको समीक्षा गर्नु भएको थियो । उक्त ग्रन्थमा आकर्षक आवरण तथा ३२० पृष्ठ रहेका छन् जसमा ६ वटा भाग रहेका छन् भने सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउबा र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सहित ८ जना विशिष्ट व्यक्तिहरुको शुभकामना मन्तव्य रहेको छ । उक्त ग्रन्थमा ८९ जनाको लेख रचना संग्रहित छ भने
चन्दज्युको जीवनी, उहाँसंग सम्बन्धित तस्वीरहरु, उहाँका हस्तलिखित रचना र दस्ताबेज, उहाँले प्राप्त गर्नुभएका पुरुस्कार, प्रमाणपत्र, सदस्यता, प्रशंसापत्र तथा समापन भाग हरु रहेका छन् ।

उक्त ग्रन्थ लाई मदन चन्दकी अर्धांगिनी श्रीमती मधुदेवी चन्दले मधुमदन सांस्कृतिक प्रतिष्ठानका लागि प्रकाशित गर्नु भएको हो भने
आचार्य घनश्याम लेखक उक्त ग्रन्थका प्रधान सम्पादक रहनु भएको छ। साथै ६४ पृष्ठको अभिनन्दन ग्रन्थ सार पनि प्रकाशित रहेको छ भने ग्रन्थको समीक्षा पश्चात प्रमुख अतिथि लगायत महानुभावहरुले उक्त ग्रन्थको विमोचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रजातन्त्र सेनानी मदन चन्दको अभिनन्दन गरिएको थियो भने २०४६ साल पुर्व यस क्षेत्रमा रही प्रजातन्त्रका लागि लड्ने र जेल जीवन बिताएका सबै राजनैतिक दलसंग आबद्ध २३ जनालाई प्रजातान्त्रिक योद्धा सम्मान र १४ जनालाई मरणोपरान्त प्रजातान्त्रिक योद्धा सम्मान गरिएकोथियो ।
प्रजातान्त्रिक योद्धा सम्मान पाउनुहुने व्यक्तिहरु निम्नानुसार रहनु भएको छः

ज्ञ. श्री प्रतापहरि भट्ट
द्द. श्री तारिणीदत्त चटौत
घ. श्री खेमराज भट्ट मायालु
द्ध. श्री भोजराज जोशी
छ. श्री नारायणप्रशाद साँवद
ट. श्री यज्ञराज चटौत
ठ. श्री रघुवर भट्ट
ड. श्री वीरेन्द्र तिवारी
ढ. श्री मानबहादुर चन्द
ज्ञण्. श्री बलदेव बोहोरा
ज्ञज्ञ. श्री पदम बोकटी
ज्ञद्द. श्री अन्तराम भट्ट
ज्ञघ. श्री यादवनाथ शर्मा
ज्ञद्ध. श्री हरि सापकोटा
ज्ञछ. श्री टिकाराम बैज
ज्ञट. श्री बासुदेव भट्ट
ज्ञठ. श्री प्रेमकुमार बिष्ट
ज्ञड. श्री विक्रम धामी
ज्ञढ. श्री विष्णुदत्त भट्ट
द्दण्. श्री राजेन्द्रप्रशाद भट्ट
द्दज्ञ. श्री पुष्पराज भट्ट
द्दद्द. श्री इश्वरी बोहोरा
मरणोपरान्त प्रजातान्त्रिक योद्धा सम्मान पाउनुहुने व्यक्तिहरु निम्नानुसार रहनु भएको छः
ज्ञ. श्री देवराज बोहोरा
द्द. श्री गंगादत्त जोशी
घ. श्री मंगल बहादुर सिंह
द्ध. श्री नारायण चन्द
छ. श्री दुर्गादत्त जोशी
ट. श्री बिष्णु प्रशाद बाँस्तोला
ठ. श्री लालाराम डंगौरा
ड. श्री दत्तराम भट्ट
ढ. श्री कल्याणसिंह बिष्ट
ज्ञण्. श्री कृष्णकुमार जोशी
ज्ञज्ञ. श्री जितसिंह भण्डारी
ज्ञद्द. श्री गोपाल मल्ल
ज्ञघ. श्री खेमराज जोशी

ज्ञद्ध. श्री बलदेव भट्ट
ज्ञछ. श्री मिन बहादुर चन्द
निरङ्कुश पंचायती व्यव्बस्था विरुद्ध बोले मात्रै जेल हुने समयमा प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरि ५७ पटक पक्राउ परेका मदन चन्द २०३६ देखि २०६२ सम्म निरन्तर पंचायती व्यवस्था र राजत्रन्त्रका बिरुद्ध लडेका व्यक्ति हुन् । महेन्द्रनगरको खुल्ला मन्चमा २०४६ साल फाल्गुन ७ गते नेपाली कांग्रेसको झन्डा देखाउने हिम्मत गर्ने सुदुर पश्चिमका एक मात्र कन्चनपुरका नेता मदन चन्दलाई तत्कालीन शाशन व्यवस्थाले षड्यन्त्रपूर्ण तरिकाले सर्वस्व सहित जन्मकैद गर्ने योजना बनाएपनि २०४६ चैत्र २६ को सम्पूर्ण राजबन्दीहरुको मुद्दा फिर्ता
गर्ने घोषणाले मात्र बच्न सफल भएका व्यक्ति हुनाले उनलाई २०४६ पछि “जिउँदो सहिद” भनिन थालियो ।

सुदुर पश्चिमका प्रमुख राजनैतिक सिपाही मध्ये एक मदन चन्द राजनीतिक रुपमा नेपाली काँग्रेस संग जोडिएका व्यक्ति भएपनि २०४७ देखि २०६० कन्चनपुरमा सबै पार्टीका सम्मानित व्यक्ति हुन् तत्कालीन एमाले, माले, राप्रपा तथा अन्य पार्टीले पनि वहालाई राजनीतिक लाभ नलिने तथा सधै अटल र इमान्दार राजनीतिज्ञका रुपमा लिने गरेको थियो ्र कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गरिजा प्रशाद कोइराला, लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा, सुशील कोइराला, मनमोहन अधिकारी संग उठबस गरेका निज चन्दलाई हाल सम्म पनि सिंह दरबार भित्र कन्चनपुरका हिम्मति इमान्दार राजनीतिज्ञको चर्चामा उदाहरणका रुपमा नाम लिने गरिन्छ । भारतीय सेनामा जागिर गरेका चन्दले भारतीय सेनाको तर्फबाट सन् १९६१ मा गोवा लडाई, सन् १९६२ को भारत चीन लडाई, सन् १९६५ को भारत पाकिस्तान र सन् १९७१ को भारत पुर्बी पाकिस्तान (बंगलादेश) विरुद्धको लडाईमा वीरता प्रदर्शन गरि भारत सरकारको तर्फबाट अनेकौं तक्मा र मेडल प्राप्त गर्नु भएको छ ।

उहाँले नेपाल भू पु सैनिक संघको केन्द्रीय उपाध्यक्ष, नेपाली काँग्रेस जिल्ला कार्य वाहक सभापति सहित विभिन्न संघ संस्थामा आबद्ध रही कार्य गर्नु भएको थियो ्र समाज कल्याण बाल अनाथालयमा २०४८ सालदेखि निरन्तर २०६४ साल सम्म बिशुद्ध समाजसेवा गरेका चन्दले देशभरिका सयौं अनाथहरुलाई योग्य नागरिक बनाई सक्नु भएको छ । उक्त समयमा दीक्षित अनाथहरु आज देशको निजामती सेवा, सैनिक सेवा, प्रहरी सेवा लगायत समाजसेवा र अन्य क्षेत्रमा काम गरिरहेका छन् ्रअनाथ बाल बालिका आज पनि प्रजात्रन्त्र सेनानी चन्द
लाइ अनाथका पिता भनि सम्बोधन गर्न रुचाउछन् ।

प्रजात्रन्त्र सेनानी चन्द राष्ट्रिय संघ संस्था पुरुस्कार २०५४ बाट पुरुस्कृत साथै उत्कृष्ट सामाजिक सेवा पुरुस्कार २०५६ सहित २ दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय सेवा पुरुस्कार, पदक बाट सम्मानित भएका छन् । उहाँको लोक संस्कृति सम्बन्धी “लोक दर्पण” र आफ्ना निजि विचारहरुको संगालो”रोशन” गरि दुई वटा कृतिहरु प्रकाशित छन् भने केहि अप्रकाशित कृतिहरु पाण्डुलिपिको अवस्थामा रहेका छन् ।

प्रमुख अतिथि पूर्वमन्त्री रमेश लेखक ज्यूले आफ्ना अग्रज प्रजातन्त्र सेनानीबाट आजका युवाले अनेकौं राम्रा कुरा सिक्न सक्ने तथा मदन चन्द जहिले पनि त्याग गर्नसक्ने र दिनसक्ने अवस्थामा रहेको र लिने अवस्थामा नरहेको त्यागी र पार्टी प्रति समर्पित व्यक्ति रहेको भन्नु भएको थियो भने कार्यक्रम संयोजक पूर्वमन्त्रि तारिणीदत्त चटौतले उहाँ जहिले पनि पार्टी संगठनको लागि समर्मित भै लागिपर्ने र समयको सदुपयोग गर्ने प्रयोगात्मक सक्रिय सदस्य रहेको बताउनु भयो । त्यस्तै सभाध्यक्ष उप नगर प्रमुख सुशिला सिंह तथा विशिष्ट अतिथि उपकुलपति अम्मराज जोशीले उहाँको मुक्तकण्ठले प्रशंसा गर्नु भयो । उक्त कार्यक्रमको अन्ततिर प्रजातन्त्र सेनानी मदन चन्द अभिनन्दन ग्रन्थ प्रकाशन समितिका प्रबन्ध निर्देशक दीर्घ बहादुर चन्दले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मूल आयोजक समितिले आयोजनागरेको कार्यक्रममा मधुमदन सांस्कृतिक प्रतिष्ठान सह आयोजक रहेको थियो भने गौरा महेश्वर मन्दिर व्यबस्थापन समिति, श्री रामलीला समिति, कंचनपुर र हेल्प नेपाल कंचनपुर समेत उक्त कार्यक्रममा आवद्ध रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...