Monday 9th March 2026

जाडोमा लोकप्रिय तराईको लोक परिकार ‘बगेडी’


आर. बी. बुढाथोकी-बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ। विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ ।

बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ, टर्की, लौकट, परेवा, मलेवा, ढुकुर, अस्ट्रिच चाखिसकेका राजधानीवासीले पछिल्लो समय बगेडीको स्वाद चाख्न पाउने भएका छन् ।

राजधानीका विशेष रेस्टुराँहरूमा बगेडी परिकार पाउन थालिएको छ ।

भँगेरा एक किसिमको चरो हो । यसले विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ । भूकम्पपछि धेरै जिल्लाहरूमा भँगेरा लोप भएर बसाइसरि तराईतिर झरेका छन् ।

व्यावसायिक रूपमा भँगेराको फार्म शुरू नभए तापनि तराईबाट संकलन गरी राजधानीको भित्रिन्छन् ।

बगेडी कसरी बनाइन्छ ?

बगेडी खास गरेर सुप बनाइ खान उत्तम मानिन्छ । जाडो महिनामा बगेडी धेरैले रुचाउँछन् । तोरीको तेलमा प्याज, गरम मसला, पुराइ भगेराको मासुलाई भुटेर अन्य नेपाली मसला, अदुवा, लसुन हाली भुटीभुटी झोल हालेर तिक्खर सुप बनाइ खान सकिन्छ ।

लोकल कुखुराको मासु जसरी पकाएर थाली सेटमा पनि खान बगेडी उत्तम नै हुन्छ ।
भँगेराको प्रजाति बगेडीको तन्दुरी, रोस्ट, सेकुवा, सादेको, छोइला, करी जसरी खाए तापनि स्वादिष्ट मानिन्छ । बगेडी सहज पाउन मुस्किल हुने हुँदा एक दुर्लभ परिकार मानिन्छ ।

तराईको कटिया जसरी राजधानीमा लोकप्रिय भयो, त्यसरी नै बगेडी पनि दिनानुदिन सबैले मन पराउन थालेका छन् । बगेडी व्यावसायिक रूपमा नियमित पस्कन नसके तापनि जाडो महिनामा यसको चर्चा निकै हुन्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...