Monday 12th January 2026

जाडोमा लोकप्रिय तराईको लोक परिकार ‘बगेडी’


आर. बी. बुढाथोकी-बगेडी अहिले राजधानीमा निकै लोकप्रिय हुन थालेको छ । तराईबाट आयातित यो चराको परिकार धेरैको रिजाइमा पर्छ। विशेष गरेर जाडो भगाउने परिकारको रूपमा परिचित बगेडीले शरीरको तापक्रम बढाउने र चिसो भगाउने गर्दछ ।

बगेडी भगेराकै एक प्रजाति हो, जुन निकै स्वादिष्ट र स्वस्थबद्र्धक मानिन्छ । कालिज, बट्टै, कडकनाथ, टर्की, लौकट, परेवा, मलेवा, ढुकुर, अस्ट्रिच चाखिसकेका राजधानीवासीले पछिल्लो समय बगेडीको स्वाद चाख्न पाउने भएका छन् ।

राजधानीका विशेष रेस्टुराँहरूमा बगेडी परिकार पाउन थालिएको छ ।

भँगेरा एक किसिमको चरो हो । यसले विशेषगरी मानिसको घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षित प्वालमा गुँड बनाई बस्दछ । भूकम्पपछि धेरै जिल्लाहरूमा भँगेरा लोप भएर बसाइसरि तराईतिर झरेका छन् ।

व्यावसायिक रूपमा भँगेराको फार्म शुरू नभए तापनि तराईबाट संकलन गरी राजधानीको भित्रिन्छन् ।

बगेडी कसरी बनाइन्छ ?

बगेडी खास गरेर सुप बनाइ खान उत्तम मानिन्छ । जाडो महिनामा बगेडी धेरैले रुचाउँछन् । तोरीको तेलमा प्याज, गरम मसला, पुराइ भगेराको मासुलाई भुटेर अन्य नेपाली मसला, अदुवा, लसुन हाली भुटीभुटी झोल हालेर तिक्खर सुप बनाइ खान सकिन्छ ।

लोकल कुखुराको मासु जसरी पकाएर थाली सेटमा पनि खान बगेडी उत्तम नै हुन्छ ।
भँगेराको प्रजाति बगेडीको तन्दुरी, रोस्ट, सेकुवा, सादेको, छोइला, करी जसरी खाए तापनि स्वादिष्ट मानिन्छ । बगेडी सहज पाउन मुस्किल हुने हुँदा एक दुर्लभ परिकार मानिन्छ ।

तराईको कटिया जसरी राजधानीमा लोकप्रिय भयो, त्यसरी नै बगेडी पनि दिनानुदिन सबैले मन पराउन थालेका छन् । बगेडी व्यावसायिक रूपमा नियमित पस्कन नसके तापनि जाडो महिनामा यसको चर्चा निकै हुन्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...