(१)
भाइको
नेत्र
साहित्य
क्षेत्र
(२)
जुनेली
आयो
शीतले
छायो
(३)
त्रिशूल
पायो
शिवले
गायो
(४)
शीतको
अस्त्र
शब्दको
शस्त्र
(५)
साहित्य
तिर
जुनेली
शिर
(६)
हाम्रै हो
काव्य
सबैछ
सभ्य
(७)
साहित्य
क्षेत्र
पाल्पाली
नेत्र
(८)
मिलेर
हामी
अगाडि
जानी
(९)
मीठोमा
मीठो
बुझ्नमा
छिटो
(१०)
काव्यमा
हाम्रो
जुनेली
मित्र
(११)
जुनेली
हाम्रो
मोती झै
राम्रो।
पुष्कर राज रेग्मी
तानसेन,पाल्पा
(१)
सत्यता
ल्यायो
जुनेली
छायो
(२)
पाल्पाली
तन्त्र
जुनेली
मन्त्र
(३)
सत्यको
जीत
हुन्छ नि
मीत
(४)
ज्ञानीले
माने
जुनेली
छाने
(५)
साहित्य
घर
जुनेली
भर
(६)
जुनेली
रङ्ग
संसार
दङ्ग
(७)
ज्ञानीको
झुण्ड
जुनेली
कुण्ड
(८)
तछाड
गर्नु
अगाडि
सर्नु
(९)
पछुतो
पर्ला
पछाडि
सर्दा
(१०)
साहित्य
अस्त्र
शब्दको
शस्त्र
(११)
जुनेली
जुन
सबैको
गुन।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
(१)
कृषक
हामी
खेतमा
जानी
(२)
झार र
पात
बाहिर
राख
(३)
कामको
अति
बाच्नुछ
कति
(४)
धानको
बाला
मुसाले
खाला
(५)
नगरी
खान
पुग्दैन
मान
(६)
माडीको
फाट
भएन
आट
(७)
देखाउ
जोस
गरेर
होस
(८)
बर्तुङ
तल
जुनेली
फल
(९)
भनेको
मान्नु
जुनेली
छान्नु
(१०)
जुनेली
धारा
संसार
सारा
(११)
काव्यको
राजा
सबैको
साझा।
नारायण कोइराला
तानसेन,पाल्पा
(१)
चुनाव
होला
बोकेर
झोला
(२)
बदले
रङ्ग
बिथोल्न
सङ्ग
(३)
उनले
भने
तिनले
गने
(४)
गाउँमा
आए
फुर्ती जो
लाए
(५)
भत्कियो
बाटो
बगायो
माटो
(६)
बोकेर
झोला
तरेर
खोला
(७)
खन्याए
झोला
विकास
होला
(८)
नेताको
रूप
बिचित्र
खुब
(९)
बुनेर
जाल
बल्झाए
आज
(१०)
मिलाई
कुरा
धसेछ
छुरा
(११)
आफन्त
जति
रिसाए
कति।
नरेश नेपाल
पोखराथोक,पाल्पा
(१)
कल्पना
गर्नु
अगाडि
सर्नु
(२)
जुनेली
लेखी
साहित्य
भर्नु
(३)
आग्रह
गर्छु
शरण
पर्छु
(४)
बन्धुले
ल्याए
संसार
छाए
(५)
सुन्दर
सीप
जुनेली
दीप
(६)
दीपको
ज्योति
काव्यको
मोती
(७)
तराई
हाम्रो
पहाड
राम्रो
(८)
हिमाली
ठाउँ
स्वर्गको
नाउँ
(९)
सुन्दर
देश
अनेक
भेष
(१०)
आउनु
घुम्दै
जुनेली
चुम्दै
(११)
सुन्दर
फूल
नगर्नु
भुल।
कृष्ण रेग्मी
झडेवा,पाल्पा