Wednesday 7th October 2026

उर्मिला पन्त पाण्डेयका केही षडऋतुहरु


विदा भयो दशैं
तिहार आउँदै
दिदी बहिनीले
माला बनाउँदै
दाजु भाइलाई
मनमा संझँदै

दाजु भाइ लाई
टिका माला लाइ
ओखर कटुस
विमिरोको साथ
फलफुल दिँदै
दिन्छन आशिष

तेल र पानीले
दिदी बहिनीले
घुमेर घेरेर
ओखर फोरेर
सुरक्षित राख्छन्
आशिष दिन्छन

दिदी बहनीको
कदर मायाको
गर्छन् दाजुभाइ
दिदी बैनीलाई
दिन्छन् उपहार
मीठो स्नेहधार

रमाईलो चाड
सबै मिली हिँड
भैलो खेल्ने दिन
सबै रम्ने दिन
मिलेर भट्याउँ
आशिर्बाद दिउँ

तेलको धारले
पानीको धारले
छेक्छौँ हामी बाटो
बस्छ तेल टाटो
यम हुन्छ लाटो
सुख मान्ने बाटो

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...