Sunday 13th September 2026

तिहार विशेष : काँडे खुर्मा रोटी, कसरी बनाउने ?


तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ ।

स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा पनि खुर्मा रोटी धेरैले प्रयोग गर्न थालेका छन् ।

काँडे खुर्मा रोटी बनाउन चाहिने सामग्रीः

मैदा १ कप आधा, चामलको पिठो १ कप, सुजी आधा कप, घ्यू टेबल चम्चा, चिनी ३ टेबल चम्चा, दुक्मेल या दालचिनीको धुलो पिन्च (एज अ फ्लेबर एजेन्ट), दूध पाउडर २ टेबल चम्चा, पानी डो बनाउन आवश्यकता अनुसार, घ्यू तेल फ्राई गर्न पुग्ने ।

काँडे खुर्मा रोटी बनाउने तरिकाः

दिएका तीनै थरि पिठो, घ्यू, दूध, पाउडर, चिनी र दुक्मेलको धुलो हाली मज्जाले माड्ने । आवश्यकता अनुसार पानी हाल्दै मुछ्दै जाने र नरम डो तयार हुनासाथ २० मिनेट छोपेर राख्ने । सानो–सानो गोलो डल्लामा डो काट्ने र तस्वीरमा देखाएझैं काटा वा खुर्मा रोटीको साँचोमा राखेर सेभ दिने ।

१/१ गरी सबै बनाइसकेपछि घ्यू र तेल मिसाएर मध्यम आचमा तताउने र प्रि बनाएको खुर्मा रोटीलाई फ्राई गर्ने । पल्टाइ–पल्टाइ राम्ररी पाक्न दिने । अन्त्यमा गोल्डन ब्राउन हुनासाथ यो तयार हुन्छ । निकालेर हेर्दा यो खुर्मा रोटीमा चामल र सुजीको पिठोका कारण राम्रा काँडा देख्न सक्नुहुन्छ र अझ साँचोले दिएको सेभ त झन् सुन्दर हुन्छ । यो रोटीलाई चास्नीमा डुबाएर मिठाइको रूपमा पनि प्रयोग गरिन्छ ।

यसरी पाकेर झुरुम–झुरुम भएको खुर्मा रोटी ‘एयर टाइट’ डब्बामा राखेर लामो समयसम्म पनि चिया या कफीसँग स्न्याक्सको रूपमा पाहुनालाई सर्भ गर्न सकिन्छ । तिहारमा विभिन्न फूड कलर प्रयोग गरेर खुर्मा रोटीलाई रङ्गीचङ्गी बनाउने चलन पनि छ ।
दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...