Tuesday 16th April 2024

तिहार विशेष : काँडे खुर्मा रोटी, कसरी बनाउने ?


तीतोपाटी डटकम-आर. बी. बुढाथोकी-काडे खुर्मा रोटी पछिल्लो समय निकै चर्चामा छ । बच्चालाई टिफिन होस् या फुर्सदमा चिया कफीको साथी यो रोटी धेरैको रोजाइमा परेको छ ।

स्कूल कलेजको क्यान्टिनमा पनि खुर्मा रोटी धेरैले रुचाउँछन् । फुर्सदमा बनाएर व्यस्त समयमा खान पनि यो उपयोगी छ । तिहारको भाइटीका भागको थालीमा पनि खुर्मा रोटी धेरैले प्रयोग गर्न थालेका छन् ।

काँडे खुर्मा रोटी बनाउन चाहिने सामग्रीः

मैदा १ कप आधा, चामलको पिठो १ कप, सुजी आधा कप, घ्यू टेबल चम्चा, चिनी ३ टेबल चम्चा, दुक्मेल या दालचिनीको धुलो पिन्च (एज अ फ्लेबर एजेन्ट), दूध पाउडर २ टेबल चम्चा, पानी डो बनाउन आवश्यकता अनुसार, घ्यू तेल फ्राई गर्न पुग्ने ।

काँडे खुर्मा रोटी बनाउने तरिकाः

दिएका तीनै थरि पिठो, घ्यू, दूध, पाउडर, चिनी र दुक्मेलको धुलो हाली मज्जाले माड्ने । आवश्यकता अनुसार पानी हाल्दै मुछ्दै जाने र नरम डो तयार हुनासाथ २० मिनेट छोपेर राख्ने । सानो–सानो गोलो डल्लामा डो काट्ने र तस्वीरमा देखाएझैं काटा वा खुर्मा रोटीको साँचोमा राखेर सेभ दिने ।

१/१ गरी सबै बनाइसकेपछि घ्यू र तेल मिसाएर मध्यम आचमा तताउने र प्रि बनाएको खुर्मा रोटीलाई फ्राई गर्ने । पल्टाइ–पल्टाइ राम्ररी पाक्न दिने । अन्त्यमा गोल्डन ब्राउन हुनासाथ यो तयार हुन्छ । निकालेर हेर्दा यो खुर्मा रोटीमा चामल र सुजीको पिठोका कारण राम्रा काँडा देख्न सक्नुहुन्छ र अझ साँचोले दिएको सेभ त झन् सुन्दर हुन्छ । यो रोटीलाई चास्नीमा डुबाएर मिठाइको रूपमा पनि प्रयोग गरिन्छ ।

यसरी पाकेर झुरुम–झुरुम भएको खुर्मा रोटी ‘एयर टाइट’ डब्बामा राखेर लामो समयसम्म पनि चिया या कफीसँग स्न्याक्सको रूपमा पाहुनालाई सर्भ गर्न सकिन्छ । तिहारमा विभिन्न फूड कलर प्रयोग गरेर खुर्मा रोटीलाई रङ्गीचङ्गी बनाउने चलन पनि छ ।
दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

चित्रमा पञ्चाङ्ग =========== भाग: १०५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१२/१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद…

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

प्रतिकृयाहरू
...