Friday 4th September 2026

मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ पुस्तक उपरास्ट्रपतिद्वारा बिमोचन


तीतोपाटी डटकम -आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँले लेखेको पुस्तक ‘मैले देखेको कतार’सोमबार बिमोचन गरिएको छ।

उपरास्ट्रपतिको कार्यालयमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा प्रमुख आतिथीको रुपमा बोल्दै उपरास्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतीक, आर्थिक लगाएतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अती उपयोगी हुने बताए।उपरास्ट्रपतिले लेखकलाई कतारको यत्तिका जानकारी राख्ने ब्यक्तीलाई कुनै दिन राजदूत बन्ने अधिकार भएको बताए।

ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. सर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब रास्ट्रहरुको समग्र चित्रण गरेको बताइन भने अन्य अतिथिहरुले लेखकलाई बधाई दिदै पुस्तक र लेखकको योगदान बारे चर्चा गरे।

पुस्तकमा कतारमा रहेका नेपालीहरुको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए।उनले प्राकृतिक रुपमा सबै कुराहरु भएर पनि बिकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रुपमा केही कुराहरु मात्र भएर पनि बिकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछी देखेका कुरालाई समेटेको बताए। साथै लेखकले कतारको बिकासमा सहकार्य गर्ने नेपालीहरु र सन २००६ देखी २०२० सम्म कतारमा मृत्‍युबरण गरेका २५७७ जना नेपालीको सम्मान गर्नु पर्ने बताए।

‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गरेको छ भने यस पुस्तकको अरबीक र अंग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले बताए।

लेखकको यो ३७ औं कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन्।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...