Friday 25th September 2026

राम्रा गीत संगीत लाई बढवा दिनु पर्ने हुन्छ


डा. अम्बरिश पोख्रेल- तितोपाटी- गीत, संगीत, नाटक तथा नेपाली साहित्य मार्फत हाम्रो समाजको लागि औचित्यपूर्ण बाटो निर्धारण गर्न कलाकारहरुलाई बढवा दिनु पर्ने विचार राख्दै, दुई हप्ता अगाडि बजारमा आएको युवा गीतकार प्रकाश दूतराजको रचना मार्फत स्वतन्त्र प्रगतिशील विचारका धनी युवा विश्लेषक श्री अंम्बरिश पोख्रेल यसो भन्नु हुन्छ ।

१. प्रेमील संगीत मार्फत बेचविखनमा परेका वा पर्न सक्ने दशौं हजार नेपाली चेलीहरुको एउटा जीवन्त उत्कृष्ट रचना ! बधाई तथा शुभकामना प्रकाश भाइलाई।

२. वैदेशिक रोजगारीमा जान बेनीबाट काठमांडौ आएका “प्रकाश दुतराज (Praksha Dutraj) लाइ दलालले पैशा लिएर समेत न त विदेश पठायो न त पैशा फिर्ता दियो, आफ्नो एउटा छुट्टै अन्तर्वातामा भनेका छन ।

३. त्यसको चोट स्वरूप गायन तीर लाग्न बाध्य भएका उनले, चौथो आफ्नो रचना, संगीत तथा स्वर उच्च स्तरमा सृजना गर्न सफल भएको यहाँ स्पष्ट रूपमा देखिन्छ । शान्तिश्री परियार ले साथ दिएकी छिन् । रोशनी अधिकारीको अभिनय पनि उत्कृष्ट छ ।

४. सस्ता, नाङ्गा र हुररे पातली गीतहरूको बाढी आएको समयमा, उनको यो गीत नेपाली समाजको लागि दशकौ सम्म सदाबहार रहन सक्ने उत्कृष्ट उपहार प्रस्तुत गरेका छन् ।

५. अहिले पनि काभ्रे, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, रसुवा तथा हेटौडा (मकवानपुर) तिर गाउँका सोझा सिधा चेलीबेटी बेचबिखन मा राजनैतिक र प्रशासनिक संरक्षण पाएका सक्रिय दलालहरुको कमी छैन । यो रचनामा ती सबै कुराहरूलाई जीवन्त प्रेमील सांगीतिक रचना मार्फत प्रस्तुत गरिएको छ । शायद पैशा को लगानी को अभावमा भिडियो धेरै राम्रो छैन । यसको यो एउटा कमजोर पक्ष देखिन्छ ।

लाहुर जाने रेलै मा ।
जाम भो माइली सरर ।

लाहुर जाने रे रेलै मा ।
जान्न माइला सरर ।।
अस्तु ।
ए पोख्रेल ।
Link: https://youtu.be/lVjngnrL9aE


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...