Friday 30th October 2026

राम्रा गीत संगीत लाई बढवा दिनु पर्ने हुन्छ


डा. अम्बरिश पोख्रेल- तितोपाटी- गीत, संगीत, नाटक तथा नेपाली साहित्य मार्फत हाम्रो समाजको लागि औचित्यपूर्ण बाटो निर्धारण गर्न कलाकारहरुलाई बढवा दिनु पर्ने विचार राख्दै, दुई हप्ता अगाडि बजारमा आएको युवा गीतकार प्रकाश दूतराजको रचना मार्फत स्वतन्त्र प्रगतिशील विचारका धनी युवा विश्लेषक श्री अंम्बरिश पोख्रेल यसो भन्नु हुन्छ ।

१. प्रेमील संगीत मार्फत बेचविखनमा परेका वा पर्न सक्ने दशौं हजार नेपाली चेलीहरुको एउटा जीवन्त उत्कृष्ट रचना ! बधाई तथा शुभकामना प्रकाश भाइलाई।

२. वैदेशिक रोजगारीमा जान बेनीबाट काठमांडौ आएका “प्रकाश दुतराज (Praksha Dutraj) लाइ दलालले पैशा लिएर समेत न त विदेश पठायो न त पैशा फिर्ता दियो, आफ्नो एउटा छुट्टै अन्तर्वातामा भनेका छन ।

३. त्यसको चोट स्वरूप गायन तीर लाग्न बाध्य भएका उनले, चौथो आफ्नो रचना, संगीत तथा स्वर उच्च स्तरमा सृजना गर्न सफल भएको यहाँ स्पष्ट रूपमा देखिन्छ । शान्तिश्री परियार ले साथ दिएकी छिन् । रोशनी अधिकारीको अभिनय पनि उत्कृष्ट छ ।

४. सस्ता, नाङ्गा र हुररे पातली गीतहरूको बाढी आएको समयमा, उनको यो गीत नेपाली समाजको लागि दशकौ सम्म सदाबहार रहन सक्ने उत्कृष्ट उपहार प्रस्तुत गरेका छन् ।

५. अहिले पनि काभ्रे, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, रसुवा तथा हेटौडा (मकवानपुर) तिर गाउँका सोझा सिधा चेलीबेटी बेचबिखन मा राजनैतिक र प्रशासनिक संरक्षण पाएका सक्रिय दलालहरुको कमी छैन । यो रचनामा ती सबै कुराहरूलाई जीवन्त प्रेमील सांगीतिक रचना मार्फत प्रस्तुत गरिएको छ । शायद पैशा को लगानी को अभावमा भिडियो धेरै राम्रो छैन । यसको यो एउटा कमजोर पक्ष देखिन्छ ।

लाहुर जाने रेलै मा ।
जाम भो माइली सरर ।

लाहुर जाने रे रेलै मा ।
जान्न माइला सरर ।।
अस्तु ।
ए पोख्रेल ।
Link: https://youtu.be/lVjngnrL9aE


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...