Wednesday 16th September 2026

पदमको ‘क्वारेन्टाइन’ उपन्यास सार्वजनिक


तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषदका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गरेका हुन् ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लोकार्पित कृतिका सर्जक पदम विश्वकर्मा, साहित्यकारहरु गीता खत्री, राधेश्याम लेकाली, डा. लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पुस्तकको समीक्षा राजकुमार बानिया र महेश पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन साहित्यकार सुमन बर्षाले र स्वागत गीता कार्कीले गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव विमला निरौला, सदस्य डा. रेणुका सोलु, अनेसासका पूर्व उपाध्यक्ष प्रकाश नेपाल, अनेसास बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरु रामप्रसाद दाहाल, लीला लुइटेल, मीरा गोतामे, नेत्रबन्धू पोख्रेल आदिको पनि उपस्थिति रहेको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्षहरू दिब्य गिरी, राजेन्द्र के.सी., गीता कार्की, गीता मैनाली, सरिता अर्याल तथा सदस्यहरू मन्जिला अनिल, रमेश दाहाल, कमला रिसाल, सुमन बर्षा, मधु पाठक, अर्जुन थापालगायतको पनि उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

प्रतिकृयाहरू
...