Friday 30th January 2026

पदमको ‘क्वारेन्टाइन’ उपन्यास सार्वजनिक


तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषदका उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजिक भएको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषदका अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषदका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गरेका हुन् ।

अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लोकार्पित कृतिका सर्जक पदम विश्वकर्मा, साहित्यकारहरु गीता खत्री, राधेश्याम लेकाली, डा. लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पुस्तकको समीक्षा राजकुमार बानिया र महेश पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन साहित्यकार सुमन बर्षाले र स्वागत गीता कार्कीले गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव विमला निरौला, सदस्य डा. रेणुका सोलु, अनेसासका पूर्व उपाध्यक्ष प्रकाश नेपाल, अनेसास बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरु रामप्रसाद दाहाल, लीला लुइटेल, मीरा गोतामे, नेत्रबन्धू पोख्रेल आदिको पनि उपस्थिति रहेको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्षहरू दिब्य गिरी, राजेन्द्र के.सी., गीता कार्की, गीता मैनाली, सरिता अर्याल तथा सदस्यहरू मन्जिला अनिल, रमेश दाहाल, कमला रिसाल, सुमन बर्षा, मधु पाठक, अर्जुन थापालगायतको पनि उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...