Friday 25th September 2026

जनताको दुःख कष्टप्रति सरकारको बेवास्ता


बि. आर. उप्रेती, बारा, नेपाल – दु:ख सहन पनि कति सहनु हदै भइ सक्यो अब त । देशमा सर्वसाधारण देखि कस्ताकस्ता व्यक्तित्व लगायतका हज्जारौं हजार मानिसको विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले ज्यान लिएको छ, कतै बाढी पहिरोले ज्यान गएको छ, कहिले सवारी दुर्घटनाबाट ज्यान लिएको छ। एउटा विपद सहन नपाउँदै अर्को दु:ख बिपद सहनु परेको छ । देशै भर ठाउँ ठाउँमा जनताहरु पीडितै पीडित छन् रुवाबासी छ जतिसुकै हेर्दा मर्ने मरिहाले, विभिन्न पिडाले बाँच्ने र घाइते हुनेहरुको बिजोग छ।

यसरी देशैभर ठाउँ ठाउँमा विभिन्न निहुँबाट हजारौंको ज्यान गइसक्यो । घाइते र बाँच्नेहरु पनि खाने र बस्ने ठाउँको व्यवस्था नभएर यस्तो विपदको भूमरीमा समय बिताउन रहनु परिरहेको छ। यस्तो विषम परिस्थितिमा भएको दु:खी जनताहरुको दयनीय अवस्था उपर सरकारले कतिसम्म सहानुभूति राख्नुपर्ने हो ? बिपदमा पाउनुपर्ने राहत पीडितले पाएर शान्ति भएको अनुभुति गर्न पाउन भन्ने बुद्धिजीवीहरुको भनाइ छ।

यसरी पटकपटक महामारीले, पहिरोले पुरिएर, बाढीले गाउँ बस्ती नै बगाएर ठूलो संख्यामा जनधनको क्षती भएको र बाँचेका पीडित घाइतेहरुले हरेक दुख भोगिरहेको बेलामा वर्षायामको बेला सकिएर पनि अहिले केही दिन अघि देखि बेमौसम ठूलो वर्षा लगातार ४/५ दिनको मुसलधारे पानीले कृषकहरुले खाई नखाई रगत पसिना खर्चेर घाम पानी नभनी लगाएको धान खेती देशभर धेरै ठाउँमा अत्यधिक क्षति बनायो । धान पाक्यो काटेर निन सुकाएको देखि ठाडै नकाटेको पाकेको धान यस्तो झरीले डुबाई ठूलो क्षती बनाएको कुरा सर्व बिदित छ। यस्तो क्षति उपर सरकारले स्थानीय तह देखि वा के कसरी हुन्छ अवलोकन गर्न सरकारी निकायहरुबाट, स्थानीय जनताका नेताहरूबाट अवलोकन निरीक्षण गरेर के कसरी हुन्छ मुखमा आई सकेको दु:ख गरेको धानबाली नोक्सान भएकोमा तत् सम्बन्धमा सरकारबाट राहत दिलाई दिनु पर्छ कि बिजोग हेरेर बस्ने ? जहाँ जतिसुकै पनि यस्तै भन्छन् पीडितहरुले।

मजदुर कृषक नै देशका मेहेनती र परिश्रमी जनताहरु हुन् । पीर दु:ख परेको बेलामा नहेर्ने वास्ता नगर्नेलाई कुन मनले नेता र जनताका अगुवा मान्ने ? भन्छन् बुद्धिजीवी लगायत सबै जनताहरु।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...