Sunday 19th May 2024

तस्बिरमा लेखिएका ५३ स्रष्टाका उदकहरू :


आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌। -आर्त अकुलीन

उदक अभ्यास : भाग २३
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०७-०६ गते शनिवार
सहभागी सङ्ख्या : ५३ जना


शरद्
निरन्तर वर्षा
बगेको किसानको सपना !
✍️ आर्त अकुलीन, कैलाली

संवत्
साल इति
सकिँदै धर्तीको मिति !
✍️ बलराज भाट, कैलाली

झरी
डुबानमा खेत
हुँदै कृषक अचेत !
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका-१४, दाङ

वितण्डा
बेमौसमी बाढी
गरिबीमा प्राकृतिक कहर !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

मौसम
अन्न सखाप
सारा किसानके विलाप !
✍️ सागर कुस्मी, धनगढी, कैलाली

वर्षा
बेमौसमी झरी
पार्दै किसानलाई दुखी !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

रसाएको
किसानको सपना
प्रकृतिले सबै बगाएको !
✍️ सरस्वती वली, बर्दिया, नेपाल

खेत
डुबेको धान
पीडा सहँदै किसान !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

वर्षा
किसानको आस
अहिले पार्दै सत्यानाश !
✍️ राम न्यौपाने, कैलाली
१०
पानी
पाकेको धान
थन्क्याउने बेला डुवान !
✍️ बादल गुरुङ ‘वियोगी’
संखुवासभा, हाल: काठमाडौँ
११
बेमौसमी
वर्षाले डुबाएको
विलिन किसानको भविष्य !
✍️ सावित्री अधिकारी, काठमाडौँ
१२
झरी
पाकेको धान
सपना बगेको किसान !
✍️ श्रीकृष्ण शर्मा, पोखरा
१३
कार्तिक
बेमाैसमी झरी
कृषक वर्गमा अत्यास !
✍️ सुरेशचन्द्र घिमिरे, लमजुङ
१४
किसानी
बगायो पसिना
रहेन कुटानी पिसानी !
✍️ पशपती राई, खोटाङ
१५
बाढी
कार्तिक महिना
सम्पूर्ण धान सखाप !
✍️ खड्गबहादुर गुरुङ, टीकापुर, कैलाली
१६
वर्षा
सबैलाई कष्ट
खेतबारी सबै नष्ट !
✍️ देवेन्द्रराज शाक्य
बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश
१७
उद्दण्ड
मानवता नीति
विकास विनास सखाप !
✍️ राेशन पराजुली, धरान
१८
झरी
आँखा भिजाएर
सपना भेल बनेको !
✍️ दिवाकर भट्टराई, तनहुँ
१९
पानी
बढेर आयो
जनजीवन क्षती बनायो !
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा, हाल: मलेसिया
२०
झर्झर
बेमौसमी झरी
किसानका सपना डुबान !
✍️ शिव खनाल जीवम, रुपन्देही
२१
पानीले
खेतको धानसँगै
डुबाएको हजार सपना !
✍️ रामचन्द्र भट्टराई, स्याङ्जा
२२
झरी
एकनास पर्दै
किसानको सपना डुब्दै !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
२३
प्रकृति
दिएर मार
जताततै बनाएको नरसंहार !
✍️ इन्दिरा देवकोटा, कपिलवस्तु
२४
आशा
बेमौसमी वर्षाले
किसानकाे मुटुमा घाउ !
✍️ तोयानाथ सुबेदी, काठमाडौँ
२५
वर्षात
किसानकाे आस
बनाएको खेतीपाती सत्यानाश !
✍️ शाेभा अर्याल, रुपन्देही, बुटवल
२६
प्रकृति
गरेको अत्याचार
मानवीय पसिना बेकार !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
२७
वर्षा
किसानलाई मर्का
कार्तिक मंसिरमा बाढी !
✍️ प्रतिभा देवी न्यौपाने, काठमाडौँ
२८
किसान
चिन्तित अति
बाढिले गरेको खती !
✍️ रिता खराल, रुपन्देही
२९
वर्षा
बाढी पहिरो
किसानमा असर गहिरो !
✍️ अबोध निर्मल, कैलाली
३०
धानबाली
डुवानमा परेको
किसानको मेहनत स्वाहा !
✍️ धर्मी साक्य, रुपन्देही
३१
जिन्दगानी
पानी जवानी
विपद्मा हरेस नखानी !
✍️ भवानी घिमिरे, सर्लाही
३२
बेमौसम
वितण्डा मच्चाउँदै
कृषककाे छाती जलाउँदै !
✍️ मुना दाहाल, सर्लाही, हरिवन
३३
वर्षा
किसानलाई वेदना
सामाजिक सञ्जालमा भाइरल !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा
३४
वर्षा
बेमौसमी भयो
किसानको परिश्रम गयो !
✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली
३५
जिन्दगी
बेमाैसमी प्रकाेप
भाग्यले ठगेको हरे !
✍️ खलविर नाराज, तानसेन, पाल्पा
३६
प्रकृति
बिग्रेको आकृति
किसानको भएको विपत्ति !
✍️ राजकुमार राजभण्डारी खाेटाङ्गे, भक्तपुर
३७
झरी
खेतबारीमा परी
कठै! अन्नको सखाप !
✍️ बिके माकजु, भक्तपुर
३८
निर्दयी
कार्तिके झरी
चौतर्फी गरेको मनपरी !
✍️ कविता आचार्य, कैलाली
३९
बाढी
पानी धमिलो
किसानको मनै अमिलो !
✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ
४०
प्रकोप
प्रकृतिले दिएको
मानवलाई असर संयोग !
✍️ सविता के.सी., काठमाडौँ
४१
मौसम
उदेक लाग्दो
झरीको वितण्डा प्रताडना !
✍️ कमला देवकोटा, पाल्पा
४२
प्रकाेप
गरिबको वेदना
अविरल बगेको नयन !
✍️ चन्द्रावती अधिकारी, कोहलपुर
४३
खेत
हिलाम्मे पानी
किसानको बीभत्स कहानी !
✍️ जमुना कायस्थ, लमजुङ
४४
कार्तिक
अपत्यारिलो वर्षा
जनधनको ठूलो क्षति !
✍️ अग्नि सुनुवार, सिन्धुली
४५
किसान
जहाज डुब्यो
अझै त्यान्द्राको आस !
✍️ गोपालप्रसाद पौड्याल, विराटचोक, मोरङ
४६
किसान
बगेको धान
पापी पेटको चिन्ता !
✍️ घनश्याम पौडेल, कैलाली
४७
प्रकृति
उग्र स्वरूप
किसानको परिश्रम पानीमा !
✍️ सीता पाण्डेय मरासिनी, रेसुङ्गा-९, गुल्मी
४८
किसान
वर्षको परिश्रम
खेतमा सारा विलिन !
✍️ बासुदेव दनुवार, सिन्धुली
४९
बाढीपहिरो
प्राकृतिक प्रकोप
दु:ख छ गहिरो !
✍️ दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ
५०
बेमौसमी
वर्षाले भित्र्याउने
किसानको मेहनतको सत्यानाश !
✍️ सुमित्रा पोखरेल
५१
किसान
डुबायो धान
पीडादायी कृषक जीवन !
✍️ वासुदेव ज्ञवाली, तानसेन-१, पाल्पा
५२
किसान
बाढीको प्रकोप
बगेछ पसिनाको मूल्य !
✍️ शान्ति नाथ पुरी, कैलाली
५३
झरी
खेतबारी डुबान
चुँडेर मुखको गाँस !
✍️ समुन्द्रा शर्मा, इटहरी


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...