Thursday 28th March 2024

टुक्काकार ईशहाक हुसैनका आठ टुक्का कविताहरू


(१)
ईश्वर कै श्रृष्टी श्रृजना यो संसार
देखाउ मलाई मेरो भन्ने आधार।
(२)
भन के यो बोको प्राणी हो हाम्रो श्रृष्टी ?
म त भन्छु हो यो हाम्रो अदुर दृष्टी।
(३)
बलिदान पुजा गर्नुमा भए स्वार्थ
मेरो बिचारमा हुन्न धर्म किमार्थ।
(४)
संसारमा एक पुजा हो प्रेम धर्म
यही एक सत्य मानविय हो कर्म।
(५)
मेरो श्रृष्टी श्रृजना स्तुति हो यो गान
ईश्वर पुजा हो मान चाहे न मान।
(६)
ईश्वरकै श्रृष्टी ईश्वरलाई चढाई
खै कसरी गरुँ म ? यो कुराको बढाई।
(७)
मेरो भन्ने कुरा मेरै काव्य रचना
यो नै जिवनको हो अमूल्य गहना।
(८)
सोचिरहेको छु मान्छे किन नादान
बुझ पचाएर जानेर नि अन्जान।

✍️ ईशहाक हुसैन
सिमरा बारा
हाल : बुटवल फूलवारी, रुपन्देही

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...