Monday 13th April 2026

धनुषामा ‘वृहत टीका कार्यक्रम’मा हिन्दु-मुस्लिमबिच एकापसमा दसैँ टीका ग्रहण


तीतोपाटी – धनुषाको धनुषाधाम नगरपालिका वडा नं – ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् ।

वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टिका र जमरा लगाई दिएका थिए ।

यस्तै कार्यक्रममा उपस्थित मुस्लिम तथा हिन्दू समुदायले एकआपसमा टीक तथा जमरा लगाई दिएर लगाइ दिएर शुभकामना आदानप्रदान गरे।
कार्यक्रममा करिब तीन सयको उपस्थित थियो । जसमा लगभग ६० जना मुस्लि समुदायकाले दशैंका टिका लगाएका थिए । नौसयबिघा गाउँमा दुई सय घर मुस्लिम समुदायको घर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...