Friday 23rd January 2026

लक्ष्मी घिमिरे दहालका दशैँ विशेष पाँच टुक्का कविताहरू


१.
दशैँ अाउँछ सधैं खुसियाली छाउँछ,
हर्ष र उमङ्गले नै मन भुलाउँछ ।
२.
सबैकाे निधारमा राताे टीका चम्कियाेस् ,
जमरा र फूलले शिर सधैं नै गम्कियाेस् ।
३.
निधारमा टीका अनि हातमा लक्ष्मी , शिरमा जमरा,
सबकाे जीवन् फलाेस् फूलाेस् सधैंभरि बनाेस् हराभरा ।
४.
विश्वबाट कोरोनाको अन्त्य गर हे दुर्गा माता,
तिमी नै हाै साक्षात देवी सबकी जिवनदाता ।
५.
नवदुर्गाका नवरुपले सधैंभरि हाम्रो रक्षा गरून् ,
धनधान्यले परिपूर्ण बनाई सबकाे ढुकुटी भरुन् ।

✍️लक्ष्मी घिमिरे दहाल
दमक, झापा

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...