Tuesday 13th October 2026

अनेसासद्वारा रचना वाचन र दसैँ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


तीतोपाटी डटकम-समाचारदाता,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ ।

यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रम । कार्यक्रमममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध विभिन्न च्याप्टरहरुका दर्जनौँ स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दसैँको शुभकामना आदान प्रदान र साहित्यिक चिन्तनमाथि बहस भएको थियो । रचना वाचन र संस्थाले गर्नुपर्ने कार्यक्रमहरुको चर्चा भएको थियो । केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ट्रस्टी अध्यक्ष गीता खत्री, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, ट्रष्टी सल्लाहकार खगेन्द्रप्रसाद लुईटेल र रोहीणी शर्मा, पूर्व अध्यक्ष मोहन सिटौला, समीक्षक महेश पौडेल, ट्रस्टी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदीले कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई संस्थाका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र महासचिव सर्वज्ञ वाग्लेले संयुक्तरुपमा सञ्चालन गरेका थिए ।

संसारभरि छरिएर रहेका नेपाली भाषा र साहित्य प्रेमीहरुको यो संस्थाका २ हजारभन्दा बढी आजीवन सदस्यहरु र करिव ५ दर्जन शाखा रहेको छ । काठमाडौँमा सम्पर्क कार्यालय रहेको यो संस्थाले अमेरिकामा आफ्नै भवन बनाउने तयारी गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...