Monday 13th April 2026

रिता खरालका “दसैँ” विशेष दस टुक्का कविताहरू


(१)
आमा भन्छिन् दशा आयो,
सारै मन रुन लायो ।
(२)
माया सद्भाव मनमा
दशैँ छायो है जनमा ।
(३)
आँसुका धाराहरु बग्दछन् कति,
दशैँको बेला नहोस् है त दुर्गती ।
(४)
मनमा पीडा भएपनि सहनुपर्छ,
दशैँको बेला स्वच्छ मन रहनुपर्छ ।
(५)
पीडा मनमा हुन्छन् कति कति
दशैँको बेलामा सम्झना अति ।
(६)
चाडबाड आयो है घर आगन,
दु:ख पर्दा आफुलाई सम्हालन ।
(७)
किन आउदो हो यो दशैँ अनि तिहार,
दु:खिलाई ऋण माथी नै ऋणको भार ।
(८)
टीका जमरा लगाई आशीर्वाद ग्रहण गर्छौ ,
दशैँको बेला ठुलाबढाको सधैँ शरण पर्छौ ।
(९)
दिन गन्दै जादा दशैँ पो नजिक आइसक्यो,
कसैलाइ दशैँ कसैलाई दशा लाइसक्यो ।
(१०)
सधैंभरी नै स्वच्छ रहोस् है त मनका भावना,
व्यक्त गर्छु दशैँ तिहारको भव्य शुभकामना ।

✍️रिता खराल, रुपन्देही


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...