Friday 26th April 2024

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना: १६ को मृत्यु,१८ घाइते


तितोपाटी- जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। अहिले घाइतेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए।

अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...