Monday 1st December 2025

चर्चित हास्यकलाकार मनोज गजुरेलले गरे दोश्रो विवाह


तीतोपाटी – चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग लगनगाँठो कसेका हुन् । एक्लो जीवन बिताउन गाह्रो नै हुने र आफ्ना छोराछोरीको चाहना समेत बुझेर दोस्रो बिहे गर्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।

सोमबार भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेपछि गजुरेलले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । उनले सहयात्री मन्जु पनि एकल महिला रहेको र उस्तै परिवेशबाट गुज्रिएको बताएका छन् । ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं,’ उनले लेखेका छन् ।

चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग कानुनी रुपमा नै सम्बन्धविच्छेद गरेका गजुरेलले अब दोस्री पत्नीसँग एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गरेको बताएका छन् । ‘अगाडि आईपर्ने सुख–दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो,’ उनले लेखेका छन् ।

तस्बिर मनोज गजुरेलको फेसबुकबाट


सम्बन्धित शीर्षकहरु

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

नासाको रोभरले पहिलो पटक मंगल ग्रहमा बिजुली चम्केको प्रमाण रेकर्ड गरेको छ, यसको माइक्रोफोनले ग्रहभरि निरन्तर बग्ने धुलोको आँधीले उठेका…

प्रतिकृयाहरू
...