Friday 9th October 2026

कास्कीको घान्द्रुकमा जिप दूर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु, १ घाइते


तीतोपाटी – कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सवारी चालक सहित ९ जना बोकेर कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट घुम्न गएका ६ पुरुष तथा १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको कास्की प्रहरीले जनाएको छ ।

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल मोदी खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार दिउँसो करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्रायः सबै युवाहरु रहेको तथा मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दूर्घटनामा मृत्यु भएका चालकको सनाखत भए पनि अन्य मृतकहरूको सनाखत हुन भने बाँकी नै रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...