आश्विन शुक्लको
प्रतिपदादेखि
दशमीसम्म नि
निरन्तर चल्ने
नामकरण नै
हुन पुग्यो दशैं
दानवी प्रवृत्ति
हार हुने दिन
अन्धकारमाथि
प्रकाशको जीत
असत्यको माथि
सत्यताको जीत
चाडमा प्रमुख
हुन् नायिका दुर्गा
दुर्ग वध गर्दा
नाम हुन पुग्यो
हुन् भवानी दुर्गा
गरौं दुर्गा पूजा
पहिलो दिनमा
घट कलशको
गरिन्छ थापना
देवी र देवता
समाहित गरी
हुन्छ दशैं पूजा
नेपालीको गर्व
दशैं महान् पर्व
जमरा रोपण
फूलपाती हुने
अष्टमीका दिन
पूजाआजा गर्ने
नवमीका दिन
नवदुर्गा पूजा
धुमधाम पुज्ने
भक्तिभाव राखी
शक्तिपीठ जाने
आराधना गर्ने
दशमीका दिन
परिवार भेला
रमाइलो मेला
ठूलाबाट टीका
जमरा नि लिने
आशीर्वाद थाप्ने
छ महत्त्वपूर्ण
सप्तमी अष्टमी
नवमी दशमी
चारै नै तिथिमा
हुन्छ खास पूजा
राखेर नै आस्था
नवदुर्गा पुज्ने
बाराही वैष्णवी
प्रकृति चण्डिका
हो जगदम्बिका
सर्वमङ्गला नि
भद्रकाली आदि
छ महत्त्वपूर्ण
अनेक दृष्टिले
धुमधामसॅग
मान्नका लागि नै
बिदा सरकारी
दिइन्छ नै लामै
मामाघर जाने
रातो टीका थाप्ने
मीठो भोज खाने
साथीभाइ भेट्ने
लिङ्गे पिङ खेल्ने
रमाइलो गर्ने
दशैं नहोस् दशा
घाॅटी हेरी हाड
निल्ने गरौं सदा
दशैं मानौं हामी
स्वच्छ भाव राखी
संस्कृति बचाई
शान्ता शाक्य