Monday 13th April 2026

पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


तीतोपाटी – शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गत २०७८ साल असोज १६ गते सम्पन्न उक्त कार्यक्रम शान्ति समाज टोल गोंगबुमा सम्पन्न गरिएको थियो ।

बागमती प्रदेशका अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल र विशिष्ट अतिथिमा प्रा. डा. गार्गी शर्मा रहनुभएको थियो ।

शीत काव्य समाज नेपालका केन्द्रीय सचिव दामोदर ढकालले कार्यक्रमको प्रकृति बताएपछि कार्यक्रममा बाग्लो उपस्थित भएका साहित्यकारहरूले शुभकामना सहित शीत प्रस्तुत गरेका थिए । यो कार्यक्रम आजसम्मकै उत्कृष्ट कार्यक्रम भएको सहभागी साहित्यकारहरूले बताएका थिए । कार्यक्रम २ घन्टा चलेको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...