“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
पञ्चाङ्ग १
माया,प्रेममा सधैं दिन कटाउन सक्छु म।
दुश्मनसँग दूरी सधैं घटाउन सक्छु म।
जिन्दगी रमाइलो सँग बिताउनको लागि,
परिश्रमीका हातहरू खटाउन सक्छु म ।
गरिबको दिलमा सधैं अटाउन सक्छु म।
सुशीला पौडेल
पञ्चाङ्ग २
राती सपनीमा तिमी देख्दा झस्कन सक्छु म।
तिमी संगै सपनीमा राती मस्कन सक्छु म।
मनले सोचे जस्तो जिन्दगी नहुँदा मलाई,
माया प्रेमको बन्धन बाट खस्कन सक्छु म।
तिम्रो आँट, हिम्मतले खुसी पस्कन सक्छु म।
ह्यारिस ह्यारिसन
पञ्चाङ्ग ३
१
मेरो ज्यान न्युछार गरि पस्कन सक्छु सधै।
तिम्रो भित्री अाकांक्षा संग मस्कन सक्छु सधै।।
समय परिस्थिति अनुकूल हेरी जहिले।
भै पर्ने अबस्थासंगै म खस्कन सक्छु फेरि,
शारिरमा मुड नभए झस्कन सक्छु सधैं।
२
बुढा जति राज नेतालाई हटाउँनु पर्छ अब।
ती अनाबस्यक पार्टीहरु घटाउँनु पर्छ अब।।
भए जती गद्धार देश द्रोही हटाई सके पछी
पढालेखा दक्ष हरु अघि बढाउँनु पर्छ अब।।
जोश जाँगर भएका लाई पठाउँनु पर्छ अब।।
३
हृदय भित्र प्रज्वल्ल दिप बालेको छु मैले।
अहंकार रिसराग सारा गालेको छु मैले।
तिम्रो प्रेममा पागल भयी मैले अाज देखि,
थोत्रा थोत्री ति द्वैशका प्वाल टालेको छु मैले।।
सु मधुर प्रेममय क्षण पालेकोbछु मैले।।
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ ४
१
तिम्रो दिलमा सधैं भरि म अटाउँन सकाैं
मन भित्रको कालो बादल फटाउँन सकौं
साथ पाइरहुँ सधैं काखमा रमाउँन पाउ
हामी बीच् आउने अवरोध हटाउँन सकाैं
हाम्रो मन् मुटाब हुने दुरि घटाउँन सकौ
२
तिम्रो लागी हरेक खुसी पस्कन सक्छु
कहिले गाली नगर म झस्कन सक्छु
हिम्मत दिए अघि बढाैला म जहिले
खुट्टा तान्ने गरे त तल खस्कन सक्छु
ज्यानको प्रबाह नगरी धस्कन सक्छु ।
तारा घिमिरे संखुवासभा
पञ्चाङ्ग ५
१)
संयमित भएर क्रोध घटाउन सक्छु म।
मायालाई ह्रदय भित्र अटाउन सक्छु म।
आफू राम्रो हुनु अरूलाई किन दोष दिनु?
यस्ता कलुषित आदत कटाउन सक्छु म।
सहिमार्गमा सोचलाई खटाउन सक्छु म।
२)
तिम्रो सुन्दर रुप देखेर झस्किन सक्छु म।
मेरो छेउमा नआऊ तिमी मस्किन सक्छु म।
देवतालाई शुद्ध मोहित पार्ने रूप त हो,
हाराएर जोसमा यी होश खस्किन सक्छु म।
साठी प्लसको प्रेम प्रस्ताव पस्किन सक्छु म।
३)
गिटी कुटेर पनि त परिवार पालेको छ।
हेर गरिबले जसो-तसो चुलो बालेको छ।
केही बिराएको छैन् गरिबले श्रम गरेर,
घरको भित्ताहरू रातो माटोले टालेको छ।
आफ्नो जीवन परिश्रम गरेर गालेको छ।
अरुण कुमार भुजेल
दार्जिलिङ,भारत।
पञ्चाङ्ग ६
१
तिम्रो जीवन फुल्न भने आफ्नै गाँस कटाउन सक्छु
हातगोडा गले पनि शरीरलाई खटाउन सक्छु
प्रकृतिमा उम्रेपछि प्रकृतिसँग जुध्नुपर्छ बाँच्न
तिम्रो सफलता मेरो खुसी मनमा अटाउन सक्छु
फक्रेर सुगन्ध छर दुखाइका पल घटाउन सक्छु ।
२
जीवनको पलपलमा चोटले गालेको थियो
आङभरिका कपडा सबैतिर टालेको थियो
वास्तविकताले पोल्ने डर मनभरि राखेर
हरेक साँझ आशाको दीप धिप्प बालेको थियो
सशङ्कित जीवनले हाम्रो पीडा पालेको थियो ।
सविता के.सी.
पञ्चाङ्ग ७
मेरी प्रिया देखे म मस्कन सक्छु
अचानकै भेटे म झस्कन सक्छु
आफ्नी प्रिया आफ्नै आँखाकी नानी हाे
वचनले रेटे म खस्कन सक्छु
खुशी देखे म हाँसो पस्कन सक्छु ।
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग ८
१
माया दिन्छौं देख्नेगरिनै अटाउन सक्छु म !!
यताको दिललाई पनि खटाउन सक्छु म!!
भन्छन् छल कपटको खेति नगर्नु भनी,
लथालिङ्ग भएको देख्दा घटाउन सक्छु म!!
छलेउ अति भने फेरि कटाउन सक्छु म!!
२
माया पिरतिको खेल खेल्दा मस्कन सक्छु म!!
भन्छ उस्ले रे चालैनपाइ खस्कन सक्छु म!!
कति सजक र सहजता हुनु पिरतिमा
तिमी जस्तो हैन ताल परे बक्सन सक्छु म!!
गल्ती गरेमा पछुताउदै झस्कन सक्छु म!!
३
दु:ख पर्दा लगाईन्छ नि लुगा टालेको पनि !!
केही नपाउदारे तिनै झुत्रा बालेको पनि!!
रिस नदेखाई बुझ्नु पर्छ गरिबको दु:ख ,
पेटभरि खानन नपाउदा पालेको पनि !!
गरिबीलेनै हामीलाई कति गालेको पनि !!
दुर्गा आचार्य
खोटाङ्गेली