“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
पञ्चाङ्ग
तिमी दिनमा म रातमा अस्वाभाविक लाग्नसक्छ,
मिलन हुनु अन्तर्जातमा अस्वाभाविक लाग्नसक्छ ।
पयर कतै अल्झेपछि फट्काे मार्न सिकिन्छ रे
आफ्ना पाउँदा अन्तर्घातमा अस्वाभाविक लाग्नसक्छ,
एक्लाे हुँदा याे जमातमा अस्वाभाविक लाग्नसक्छ।
१
बारबार खसाएर मार्याे जिन्दगीले
दुश्मन बैरी हँसाएर मार्याे जिन्दगीले
भाग्य लेख्ने आफैँ हाे कि काेही भावी हुन्छ?
अन्याैलमा फसाएर मार्याे जिन्दगीले ,
आशै आशमा बसाएर मार्याे जिन्दगीले !
२
आफू बेहाल हुँदा साथ काेही हुँदैन भने
अरुकाे पीडाले मन कत्ति छुँदैन भने
काे अाफ्नाे काे पराया भन्नू दुनियाँमा
म रुँदा कसैकाे मन रुँदै रुँदैन भने।
तातो आँसुले उस्काे मुहार धुँदैन भने।
३
चन्द्रावती अधिकारी
पञ्चाङ्ग
१
जिन्दगीमा धेरै भोग्नु पर्दो रएछ हजुर
भोग्दा भोग्दै उमेर बितेर गएछ हजुर
अब हाँस खेल रमाईलो गरेर जाउँ है
बाचुन्जेल केही दिन समयछ हजर
एक दिन भुवन छाड्नु तएछ हजुर
२
जगतमा नसोंचेको मान्छे पनि हुन्छन् यहाँ।
मीठो त बोल्यो तितो मानेर पनि सुन्छन् यहाँ।।
जसो गर्दा पनि जस नै छैन यो जमानामा।
कसरी खुट्टा तानी झारौँ भनेर गुन्छन् यहाँ।।
बिचरा गरिब खान नपाएर रुन्छन् यहाँ ।।
३
अाफू भलो त सारा जगत भलो भन्छन् सबैले।
अापत बिपत पर्ने हाम्रै थलो भन्छन् सबैले।।
भनेको कुरा सुन्दा त दुईटै ठिक लाग्छ बरै,
राज नेता तेसै अड्काउछ हलो भन्छन् सबैले।।
नेपाल दुष्मन् को रणभूमी थलो भन्छन् सबैले।।
४
बुढा जति राज नेतालाई हटाउनु पर्छ अब।
ती अनावश्यक पार्टीहरू घटाउनु पर्छ अब।।
भए जती गद्धार देश द्रोही हटाई सके पछी।
पढालेखा दक्षहरू अघि बढाउनु पर्छ अब।।
जोशजाँगर भएकालाई पठाउनु पर्छ अब।।
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ्ग
साथ दिन्छु भन्नेले हात समाऊ आऊ
माया गर्छु भन्नेले माया सजाऊ आऊ
टाढा बसेर नसोच्नु नजिक भई घोच्नु
यत्रतत्र छरिएका छन् सराऊ आऊ
मायाले नै मायालाई सताऊ आऊ ।
सविता के.सी. ❤
पन्चाङ्ग
भान्साकाे काम भाग लाउ म माझ्छु है कराइ प्रिय!
बुहारी छक्क परि उस्ले म माझ्छु है डराइ प्रिय
घरमा सबैले मिलेर काम गरे राम्राे हाे भन्छु
पत्नीले भन्दै छिन हेर्छु म माझ्छु है गराइ प्रिय !
घरका एकै परिवार म माझ्छु है पराइ प्रिय !
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग
१
सपना पूरा नभएनि रहर बनि दिउँला ।
कहिले काँही सागरको लहर बनि दिउँला।
सागरमा तिमी छाल बनि छुन आउँछौ भने
बगर माथि सागर को नहर बनि दिउँला।
मायाको चिनो झिलीमिली सहर बनि दिउँला
२
प्रगतिमा पाइला टेकि सधैं लम्किनु हजुर।
देशमा नयाँ इतिहास कोरि चम्किनु हजुर।
नेताको विस्वास नहुने भयो निश्चित कुरा हो
आफैले गैटि र साबेल बोकि बम्किनु हजुर।
पसिना आइ भिजेमा शरीर हम्किनु हजुर ।
लक्ष्मी बस्याल बर्दिया
पञ्चाङ्ग
तिमी र म मिलेरनै हटाऊँ कुरिती अब !!
जोड , घटाउ गरेर घटाऊँ कुरिती अब !!
नबुझ्ने लाई बुझाउनु पर्छ मिलेर पनि,
नमानेमा सम्झाएर पठाऊँ कुरिती अब !!
डाँडै पारि जानेगरि कटाऊँ कुरिती अब !!
दुर्गा आचार्य, खोटाङ्गेली