१
आऊ साथी फर्किएर अन्यौलमा पार्नु हुँदैन
फकाएर बुई चढाइसकेसी झार्नु हुँदैन
कठिन छ यात्रा ओइलिएर जाने हो जीवन
आफ्नै हुन् सन्तान लालाबाला सबै मार्नु हुँदैन
मन भनेको स्थिर राख्ने हो अन्त सार्नु हुँदैन ।
सविता के.सी.
१
छ हाँसाे लुकाउने परेकाे बानि अाज
अाँखाबाट बर्षिन खाेज्दै छ पानी अाज
छुपाउन खाेज्छु अाफ्नाे पिडा अाफै देखि
तर एउटा हैन, पीडाकाे खानि अाज
बताउँछु अब मैले छानि छानि अाज
रामराजा के.सी.
१
गरिबीमा पनि गुजारा चल्दो रहेछ।
पीडा र दुःखले हृदय जल्दो रहेछ।
उतार चढावमा जिन्दगी अघि बढ्दा
अहंकारको आगो आफै बल्दो रहेछ।
भाग्यकाे रेखाले बाटाे बदल्दाेे रहेछ।
सुशिला पौडेल
१
बैरीहरूको क्षप्याश्त्रसँग हामी डराउँनु हुँदैन।
नेपाली जनता भेडा हुन भनी ठराउँनु हुँदैन।।
जस्तो अवस्था पर्ला मातुभूमी लाई सुरक्षा गरौँला।
यो सुन्दर देश बैरीको हातमा गराउँनु हुँदैन।।
अाफ्नो यो देशलाई हामी अाफैले हराउँनु हुँदैन।।
२
माता दुर्गाको शरनमा परौ हामी।
शक्ति मागेर चरनमा परौ हामी।।
रिश राग द्वैश कहले कसै सङ्ग।
मुठ भेटको हरनमा परौ हामी।।
मागी अाशिष भरनमा परौ हामी।।
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
१
किन चोट मलाई दियौं पन टुट्ने गरि !!
वचन पनि उस्तै हुन्छ मन टुटने गरि!!
केही कम्जोर छ भने मेरो सुन्न पाए हुने,
सैयामाथि बस्नुनै पर्यो धन टुट्ने गरि!!
यक्लै भयौं अन्तिम क्षण तन टुट्ने गरि!!
-दुर्गा अाचार्य, खोटाङ्गेली
१
कानूनले कसैलाइ छुट दिएकाे हुदैन
बलियाले नि कानून फुट लिएकाे हुदैन
कानून सवै नागरिककाे अनशासन हाे
निर्धाे मर्दा नि कानून लुट जिएकाे हुदैन
उद्ध्रि एकाे मन् कानून झुट सिएकाे हुदैन
मधुसूदनप्रसाद घिमिरे, काठमाडौँ
१
आज सानो कथा भन्छु सुन्नुस् कथा कस्तो थियो ।
एउटा सुन्दर गाडी थियो ड्राइभर जस्तो तस्तो थियो ।
बीच बाटोमै बनिगए यात्री अलपत्र, गन्तव्य हो कहाँ
गाडी अनमोलको थियो मानौँ हीरा सस्तो थियो ।।
कौवालाई बेल पाक्दा हर्ष न विष्मात जस्तो थियो ।
सृजना सरोवर
१
किन किन नरमाइलो लाग्छ जुनमा पनि।
रोमाञ्च मन गराउने छैन धुनमा पनि।
विरत्तिन्छ मन त्यसै दिन बिताउ के गरि
सपना सबै बिथोलिन्छ हुन्न रुनमा पनि।
धन सम्पत्ति नहोस् मन छैन सुनमा पनि।
२
मेरो पनि गुनासो सुनेको भए हुन्थ्यो।
समस्या केलाएर गुनेको भए हुन्थ्यो।
जीवन संघर्ष हो समस्या हुने गर्छ
समस्या समाधान चुनेको भए हुन्थ्यो।
समाधान उपाए बुनेको भए हुन्थ्यो ।
लक्ष्मी बस्याल बर्दिया
झल्याझुलु देख्छु तिम्लाई के भाे किन हरायाै र?
कस्ले अाराेप लायाे र के भन्न किन डरायाै र?
समस्या त हजाराै नै अाउँछन् यहाँ जिन्दगीमा?
अरुले नै छि छि गर्ने के नै तेस्ताे गरायाै र?
सबैलाई पीडा पर्ने केले कान भरायाै र?
चन्द्रवती अधिकारी