Thursday 15th October 2026

गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा पुस्तकालयलाई शैक्षिक सामग्री प्रदान


तितोपाटी- सामाजिक कार्यमा सक्रिय संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा श्री फुटुङ मा.बि. तारकेश्वर को ७ काठमाडौमा अवस्थित बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

तारकेश्वर को ७ काठमाडौमा अध्यनरत बालाबालिकाहरुलाई पुस्तक पढ्ने बानिको बिकास गराउन बिद्यालयमा रहेको पुस्तकालयलाई विभिन्न प्रकारका १,०२१ थान पुस्तक १६ थान कुर्सी र एउटा १२ फिट लम्बाइ भएको टेबल भब्य समारोहका बिच वितरण गरिएको हो।

उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिकृष्ण रावललाई गुगुड नेवर्स इन्टरनेशनल नेपालका शिक्षा प्रमुख धमेन्द्र कर्णले हस्तान्तरण गरेका थिए।

साथै पुस्ताकालयको पुस्तक तथा पुस्तक खरिद गर्दाको खर्च विवरण बिद्यालय ब्यबस्थापन समिताका पदाधिकारी, अभिभावक , शिक्षक, विद्यार्थी र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितिमा सार्बजनिक लेखापरीक्षण सम्पन्न भएको थियो।

हरिकृष्ण रावल, धमेन्द्र कर्णले, लगायतका विभिन्न समाजसेवीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अथितिहरुले, बोल्दै युवापुस्ताहरुद्वारा गरिने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने र अन्य संस्थाहरुले पनि यस्तै सामाजिक कार्यमा हात अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरुले निस्वार्थ सामाजिक कार्यमा अग्रसर रहेको गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रप्रति सबैले प्रशंसा व्यक्त गर्दै बिद्यालय ब्यबस्थापन समितिले सहयोगी सम्पूर्णलाई धन्यवाद दिएको थियो।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...