Thursday 22nd October 2026

गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा पुस्तकालयलाई शैक्षिक सामग्री प्रदान


तितोपाटी- सामाजिक कार्यमा सक्रिय संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा श्री फुटुङ मा.बि. तारकेश्वर को ७ काठमाडौमा अवस्थित बिद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

तारकेश्वर को ७ काठमाडौमा अध्यनरत बालाबालिकाहरुलाई पुस्तक पढ्ने बानिको बिकास गराउन बिद्यालयमा रहेको पुस्तकालयलाई विभिन्न प्रकारका १,०२१ थान पुस्तक १६ थान कुर्सी र एउटा १२ फिट लम्बाइ भएको टेबल भब्य समारोहका बिच वितरण गरिएको हो।

उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिकृष्ण रावललाई गुगुड नेवर्स इन्टरनेशनल नेपालका शिक्षा प्रमुख धमेन्द्र कर्णले हस्तान्तरण गरेका थिए।

साथै पुस्ताकालयको पुस्तक तथा पुस्तक खरिद गर्दाको खर्च विवरण बिद्यालय ब्यबस्थापन समिताका पदाधिकारी, अभिभावक , शिक्षक, विद्यार्थी र सहयोगी संस्थाको प्रतिनिधिको उपस्थितिमा सार्बजनिक लेखापरीक्षण सम्पन्न भएको थियो।

हरिकृष्ण रावल, धमेन्द्र कर्णले, लगायतका विभिन्न समाजसेवीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अथितिहरुले, बोल्दै युवापुस्ताहरुद्वारा गरिने यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने र अन्य संस्थाहरुले पनि यस्तै सामाजिक कार्यमा हात अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरुले निस्वार्थ सामाजिक कार्यमा अग्रसर रहेको गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्रप्रति सबैले प्रशंसा व्यक्त गर्दै बिद्यालय ब्यबस्थापन समितिले सहयोगी सम्पूर्णलाई धन्यवाद दिएको थियो।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...