Thursday 15th October 2026

६ जना स्रष्टाका उदकहरू


१
आमाको
अस्मिताको रोटी
नेतालाई मीठो एमसिसी !

सहयोग
जति ठूलो
उत्ति बडो स्वार्थ !

एमसिसी
उपनिवेशी प्रोपोगान्डा
नेपाल दोस्रो अफगान !
✍️ श्रीकृष्ण शर्मा, पोखरा ।

२
आश्विन
कृष्ण पक्ष
पितृ उद्दार महिना !

आश्विन
सोह्र श्राद्ध
पितृलाइ गराैँ सम्झना !

श्रध्दा
पितृलाई अर्पण
फूल जलले तर्पण !

✍️ सुरेश चन्द्र घिमिरे, लमजुङ ।

३
श्राद्ध
छोरीका छोरो
भाञ्जा मात्र प्यारो !

बाहुन
सात जना
बरावर एक भाञ्जा !

भान्जा
सात जना
बराबर एक जोगी !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ ।

४
सगरमाथा
झ्यामोलोङ्गा हिमाल
लालीगुराँस मुस्कुराउने नेपाल !

लालीगुराँस
राष्ट्रिय फूल
सगरमाथा भएको देश !

थिर
सगरमाथा शिर
लालीगुराँस फुल्ने भिर !
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गोरखा ।

५
मीठो
अमिलो पिरो
गुलियोमा लाग्छ किरो !

सम्पूर्ण
मिलेर आउनु
सँगै बसेर रमाउनु !

ढुङ्गा
गिट्टी बालुवा
शहरमा हुँदैन धुँवा !
✍️ बासुदेव दनुवार, सिन्धुली ।

६
बनोस्
सबैको घरबार
नहोस् कहिलै बिछोड !

गरेर
देखाउँदा काम
अनि मिल्छ माम !

आश्वासन
धेरै पाइएको
बिग्रेको तिनै नेताबाट !
✍️ अग्नी सुनुवार ‘अबसु’, सिन्धुली ।


सम्बन्धित शीर्षकहरु

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

प्रतिकृयाहरू
...