Monday 13th April 2026

रिता खरालका पाँच षड्ऋतुहरू


❣️षडऋतु ❣️

जिन्दगी सोचे झैँ
हुँदो हो भने त
मान्छेले के नै पो
यहाँ राख्थे होला
मान्छेले मान्छे नै
मारी हिड्थे होला ।।

भनिन्छ ममता
आमाको अपार
जस्ले बुझेको छ
जीवन सपार
न होस् दु:ख कती
माया रहोस् अति ।।

सबै कुराहरु
पूरा न होलान् है
न आत्तिनु कैल्यै
जिन्दगी बुझ्नु है
मनको भावना
मनमै साँच्नु है ।।

गलत निर्णय
कहिल्यै नलिनु
दु:ख पछि सुख
आउन सक्दछ
असल बाटोमा
हिड्नु नै पर्दछ ।।

गन्तव्य चिनेर
हिड्नु सधैंभरी
पछुताउने झैँ
न होस् कैल्यै पनि
जिन्दगी जस्तो छ
मान्नु यस्तै भनी ।।

✍️रिता खराल, रुपन्देही


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...