भनौं म कसरी मनमा बिरह चल्नुको कारण ।
आफ्नै छायाँले आफैँलाई छल्नुको कारण ।
सम्झँदा पनि कहाली लाग्छ कसलाई सुनाउँ,
एक्कासी जिन्दगीले बाटो बदल्नुको कारण ।।
आँखा चिम्लेर ऊनैलाई तन-मन दिएको हुँ ।
यहि कारण मर्नु न बाँच्नु भएर पिल्सिएको हुँ ।
भनिदिन्थें खुलस्तै फेरि सुनिदिने कोही भए,
म त चोटै-चोटको मारले यस्तरी खिएको हुँ ।।
जब तिम्रो समिपमा पुगें मेरो एउटा काम थियो ।
हातमा पिडाले भरिपूर्ण निवेदन को खाम थियो ।
सायद तिम्ले नजर अर्कैतिर घुमायौ र देखिनौ होला,
लिफाफा बाहिर रगतले लेखेको तिम्रै नाम थियो ।।
-राम भण्डारी
सिन्धुपाल्चोक, हालः काठमाडाैं ।