Monday 13th April 2026

सुधा बास्कोटाका केही षड्ऋतुहरू



न जाडो छ धेरै
न गर्मी अघोरै
न बर्षा न मैलो
शरद् भो सुनौलो
सफा स्वच्छ आहा!
धरा व्योम सारा ।

दशैं आउँदैछ
तिहार आउँदैछ
नयाँ जोस राम्रो
ठुलो चाड हाम्रो
खुसीले मनाऔ
र औधी रमाऔ।

हटे मेघमाला
उदाए चन्द्रमा
सफा व्योम हेर
न गर्मी छ धेर
शरद्को उजेलो
रमाउने छ मेलो।

-सुधा बास्कोटा ढकाल
काठमान्डाै


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...