Friday 23rd January 2026

विश्व नेपाली साहित्य प्रतिष्ठान वाग्मती प्रदेश समिति गठन


साहित्यकार भारती न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय समिति गठन ।

शिव खनाल, काठमाडाैं – विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको वाग्मती प्रदेशको भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा बिहिवार सम्पन्न भेलाले ललितपुरका स्रष्टा भारती न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका कल्पित काठमाण्डौ, महासचिव मनीष कुमार शर्मा समित भक्तपुर, कोषाध्यक्षमा रिता खतिवडा, काठमाण्डौ र सहसचिवमा सरस पाण्डे धादिङ रहनुभएको छ । प्रदेश समिति सदस्यहरुमा सीता सुबेदी पन्थी काठमाण्डौ, किशन पौडेल मकवानपुर, केशव न्यौपाने नुवाकोट, सुमित्रा सुमी नुवाकोट, प्रभादेवी पौडेल चितवन, सिर्जन अविरल चितवन, अग्नि सुनुवार सिन्धुली, रेहित सैंजु रामेछाप, लक्ष्मी थापा भक्तपुर, बि के माकाजु भक्तपुर, शारदा घिमिरे ‘भैल’ काभ्रे, पवित्रा दाहाल काभ्रे, दुर्गा रिमाल अधिकारी धादिङ, उषा नेपाल सिन्धुपाल्चोक, ईन्दिरा दाहाल ललितपुर, सुनिल गौतम मकवानपुर, पुरुसोत्तम रसुवाली रसुवा, मधुसुदन धिमिरे काठमाडौ रहनुभएको छ । भेलाले ५ जना साहित्यकारहरुलाई सल्लाहकार चयन गरेको छ। वाग्मती प्रदेश सल्लाहकारहरुमा वरिष्ठ साहित्यकार कलानिधि दाहाल, महाकाव्यकार गोविन्द घिमिरे वेदमणी, वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे, अग्रज गजलकार जीवनपानी र लेखक/समालोचक शेष पौडेल रहनुभएको छ ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले विश्वभरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरूलाई जोड्न खोजेको बताउनुभयो । नेपालबाट शुरुवात भएको यो अभियानले नेपाली भाषा साहित्यको समग्र विकासका लागि कार्य गर्ने कुरा बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार कलानिधि दाहालले स्रष्टाले संस्था खोल्नु भन्दा लेख्नु र सृजनात्मक क्षमतालाई धारिलो पार्नु महत्त्वपूर्ण हुन्छ भन्नुभयो। महाकाव्यकार गोविन्द घिमिरे वेदमणीले संस्था खोल्नु सजिलो भएपनी त्यसलाई टिकाउनु चुनौतीपूर्ण हुन्छ भन्नुभयो । वहाँले नेपाली माटोमा जन्मिएर हुर्केका विधाहरुको प्रवर्द्धनमा समेत संस्थाले उल्लेखनीय कार्य गर्नुपर्ने बताउनुभयो । वरिष्ठ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले लेखनबाट नै समाज परिवर्तन गर्न अग्रसर भएको कुरा बताउनुहुँदै संस्थालाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्याल, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी प्रसाद मिश्र, केन्द्रिय कोषाध्यक्ष सुधा बास्कोटा ढकाल, सचिव मनिष कुमार शर्मा समित, सुदुरपश्चिम अध्यक्ष आर्त अकुलीन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रम विनेसाप्र वाग्मती प्रदेश संयोजक भारती न्यौपानेको अध्यक्षतामा रहेको थियो । उहाँले विश्व नेपाली साहित्य प्रतिष्ठानको वाग्मती प्रदेशको अध्यक्ष जस्तो गरिमामय पदमा चयन गर्न मद्धत गरेकोमा सबै प्रति आभार व्यक्त गर्दै आमन्त्रित व्यक्तित्वहरु प्रति कार्यक्रम सफल पार्न मद्दत गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै वाग्मती प्रदेशले राम्रो कार्य गरेर संस्थाको उदेश्य पूरा गर्न अग्रसर हुने कुरा बताउनुभयो । वहाँले प्रदेश भित्रका सबै जिल्लाहरुले चाडैं नै जिल्ला भेला गर्ने कुरा बताउनुभयो । कार्यक्रममा सहसचिव सविता के.सी.ले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठानका महासचिव शिव खनाल जीवमले गर्नुभएको थियोे ।

कार्यक्रममा प्रतिष्ठानका सचिव मनिष शर्मा समितले स्रष्टाहरुलाई प्रोत्साहन गर्न प्रतिष्ठानको अक्षयकोषमा १० हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । त्यसै गरि गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी प्रसाद मिश्रले सुसेली विधामा कलम चलाउने स्रष्टालाई प्रदान गरिने पुरस्कारको लागि अक्षयकोष बनाउने घोषणा गर्नुभयो । त्यसैगरी महासचिव शिव खनाल जीवमले खनालहरुका वंशज हरिबल्लभको नामबाट हरिबल्लभ राष्ट्रिय झर पुरस्कारको घोषणा गर्नुभयो ।

प्रतिष्ठानले झन्डै ४ सय स्रष्टाहरुलाई संगठित गरिसकेको छ । हालसम्म केन्द्रीय समिति, १० विधागत विभाग, संचार विभाग, ६ प्रदेश समिति र १० जिल्ला समिति गठन भैसकेका छन् । साथै चाँडै नै विदेश विभाग र कर्णाली प्रदेश गठन हुने जानकारी दिईएको थियो ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...