Monday 13th April 2026

राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्मानमा शीतहरू


हिम
रवि
स्वच्छ
छवि ।१।

हाम्रा
राम्रा
राष्ट्र
कवि ।२।

घरै
भयो
शिक्षा
दीक्षा ।३।

लेक
बेशी
बाल्य
देखि ।४।

बन
छाया
लाए
माया ।५।

डाँडा
काँडा
भिर
पाखा ।६।

हुर्की
बढे
शास्त्री
पढे ।७।

गद्य
पद्य
छन्द
मय ।८।

शोध
खोज
सोंच
अोज ।९।

भव्य
सभ्य
दिव्य
नव्य ।१०।

खण्ड
काव्य
शोक
काव्य ।११।

बाल
काव्य
लघु
भाव्य ।१२।

गीति
नाट्य
अहो
साध्य ।१३।

नव
रस
भव
कृति ।१४।

मन्त्र
मुग्ध
कला
तन्त्र ।१५।

सूत्र
उक्ति
मुक्ति
जुक्ति ।१६।

मधु
रूप
पून्य
धूप ।१७।

पूर्ण
सीप
कला
दीप ।१८।

केन्द्र
कथ्य
भाव
तथ्य ।१९।

अाँखा
मन
लय
तन ।२०।

जन
श्रुति
सौम्य
कृति ।२१।

गीत
हित
जित
प्रीत ।२२।

अर्थ
पूर्ण
सत्य
तथ्य ।२३।

शस्त्र
अस्त्र
दृष्टि
बिम्ब ।२४।

झर्रा
मिठो
शब्द
लब्ध ।२५।

शिद्ध
शिष्ट
प्राज्ञ
विज्ञ ।२६।

अहो
रात्र
पूज्य
पात्र ।२७।

झर्ना
खोला
सुर
तोला ।२८।

पुष्प
वाग
शिल्पी
राग ।२९।

स्वर
खुल्दा
स्वर्ग
भुल्दा ।३०।

मिठो
धुन
सृष्टि
सुन ।३१।

वर्ग
प्रेमी
रिति
थिति ।३२।

दैवी
रित
नाट्य
प्रीत ।३३।

अति
रम्य
बोध
गम्य ।३४।

राष्ट्र
गीत
एक्य
हित ।३५।

राष्ट्र
भक्ति
शब्द
शक्ति ।३६।

पर्म
शुद्ध
कर्म
बुद्ध ।३७।

कुल
पति
श्रद्धा
अति ।३८।

नाम
शान
मान
पाए ।३९।

ध्रुव
तारा
जरा
धरा ।४०।

स्रष्टा
द्रष्टा
हर्ता
कर्ता ।४१।

जान्यौ
मान्यौ
राष्ट्र
कवि ।४२।

काव्य
कूल
राष्ट्र
मूल ।४३।

वर
यौटा
देउ
द्यौता ।४४।

कर्म
शक्ति
राष्ट्र
भक्ति ।४५।

शीत
जस्तो
जुनी
यस्तो । ४६ ।

अश्रु
धारा
सारा
शेष ।४७।

भाषा
भेष
जय
देश ।४८।

-पुष्कर अथक रेग्मी
तानसेन, पाल्पा

( लेखक कविताको लघुतम उपविधा ‘ शीत ‘ का परिकल्पनाकार र शीत काव्य समाज नेपालका अध्यक्ष हुन् )


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...