१.
माटो
खोक्रो बनाए
चुसेर देश नेताले !
२.
बिग्रीएको
देशको हालत
नमिले नेताको सवाल !
३.
चौतारी
मनपरी बात
देखाउँछन् उल्टै औकात !
४.
इज्जत
गुमाएर पनि
बन्न खोज्छन् महान् !
५.
जिन्दगी
कर्कलाको पानी
आफ्नै तालमा बहने !
६.
सुख
जीवन अनुभूति
बदल्छ यात्राको गति !
७.
सिरानी
सपनाको संसार
विश्रामको प्रमुख आधार !
८.
ढुङ्गा
मन्दिरमा उभ्याउँदा
बन्दै भगवानको रूप !
९.
आँखा
रसाउन थालेपछि
बन्दै मेची महाकाली !
१०.
दुर्व्यवहार
विकृत मानसिकता
बाँच्न खोज्ने नालायकहरू !
११.
आलोचना
बेकारको बहस
कुनै औकात नहुनेहरू !
१२.
बदनाम
चरित्रमा दाग
लागेपछि मेटेर नमेटिने !
१३.
जिन्दगी
सोच्दै नसोचेका
मान्छेहरु बारम्बार भेटिने !
✍️अन्जिता राउत
नेचा सल्यान-५, सोलुखुम्बु