Monday 13th April 2026

घनश्याम रेग्मीका शीत पुष्पहरू


हाम्रो धर्ती प्रिय ठाउँ /शीत पुष्प नं [१]
==========
शुभ्र
शान्त
धरा
हाम्रो
(१)
अन्न
सबै
फल्ने
राम्रो
(२)
नेता
मात्र
मोटा
घाटा
(३)
भोका
नाङ्गा
रैती
सारा
(४)

शैल
चिर्दै
झर्ना
बग्छ
(५)
खोला
नाला
मोती
छर्छ
(६)
वन्य
जन्तु
उफ्री
खेल्ने
(७)
रुख
पात
भाका
हाल्ने
(८)
रारा
मिठो
दिन्छ
मायाँ
(९)
रूप
फेर्ने
फोक्सु
नाना
(१०)
बेनी
म्याग्दी
काली
बग्ने
(११)
शिला
घोट्ने
शीत
घोल्ने
(१२)
===============
शीत जस्तै हाम्रो आँसु – शीत पुष्प नं [२ ]
===============
वर्षा
गयो
शरद्
आयो
(१)
भन्दै
गर्दा
वर्षा
छायो
(२)
बाटो
सारा
हिलो
पार्यो
(३)
बाढी
पस्ने
नदी
बढ्ने
(४)
भेल
बाढी
रोग
व्याधी
(५)
नेता
हाम्रा
साह्रै
डाम्रा
(६ )
रोग
लाग्ने
मान्छे
मार्ने
(७)
शरद्
याम
रम्य
घाम
(८)
प्रात
ठन्डा
बोकौँ
झन्डा
(९)
तोक्मा
छैन
भारी
बोक्दा
(१०)
तक्मा
बाँढ्ने
जात्रा
जस्तै
( ११ )
चुच्चे
नक्सा
भन्ने
मात्रै
(१२)

घनश्याम रेग्मी


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...