Sunday 20th September 2026

चन्द्रावती अधिकारीका पाँच पञ्चाङ्गहरू


पञ्चाङ्ग
####

भनाइ र गराइमा अन्तर भयो बात किन?
मुटु दिन्छु भनेकोले गर्यो यस्तो घात किन ?
पीडामाथि पीडा थप्न खाचो के नै थियो तिम्रो ?
बिना निद भोक पार्यौ आज दिन रात किन?
तिम्ले पनि देखाइहाल्यौ औसरवादी जात किन?

टुलुटुलु हेरी बस्यौ मेरा आँसु झर्दा पनि
के भो पनि सोधेनौ नि मलाई पीडा पर्दा पनि
भुल्यौ क्यारे वाचा कसम केके भनी खाका थियौ?
फर्केर नि नहेर्नू नि मैले बसाइँ सर्दा पनि
देखे नदेखेझैँ गर्नू तिम्रै अघि मर्दा पनि ।

चाहिँदैन तिम्रो माया एक सुकी आना पनि ,
चाहिएन मुरी पाथी चाहिएन माना पनि ।
बरु भोकै तड्पीरौँला भिख माग्न आउने छैन
तिमी खानु सुन चाँदी म त खोले खाना पनि ,
लाउनु तिमी तास बरै मेरो खाँडी नाना पनि।

देशमा घाउ चर्किँदै छ सीमा पारी जान्छु भन्छौ
माता अनि भूमिलाई स्वर्ग तुल्य ठान्छु भन्छौ,
युवा सबै जागे पछि हिरा फल्छ देशभित्र
आफू सँगै भाइ बन्धु सबैलाई तान्छु भन्छौ ,
आटो पिठो भुली उतै पिजा मम खान्छु भन्छौ।


तिम्रो हाँसो तिम्रो खुसी देखूँ देखूँ लाग्छ आज
तिम्रैबारे कति कुरा लेखूँ लेखूँ लाग्छ आज
सधैँभरि नजरभरि रहे हुन्थ्यो जस्तो लाग्छ ,
तेसैले त तिम्रो बाटो छेकूँ छेकूँ लाग्छ आज।
मनका दर्द पीडाहरु सेकूँ सेकूँ लाग्छ आज।

चन्द्रावती अधिकारी, कोहलपुर


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...