Friday 24th July 2026

लुलु हाइपर मार्केट कुवेतद्वारा एक हप्तासम्म चल्ने “लुलु फूड फिएस्टा २०२१” को शुभारम्भ


तीतोपाटी – संसारको सबैभन्दा शक्तिशाली रिटेलर मध्येको एक र मध्यपूर्वको नं. एक र ठुलो रिटेल लुलु हाइपरमार्केटले लुलु फूड फिएस्टा २०२१ को शुभारम्भ गरेको छ । एक हप्ता सम्म चल्ने उक्त मेलाको आज २२ सेप्टेम्बरका दिन कुवेत फाहाहिल सिटीमा रहेको लुलु हाइपर मार्केटको आउटलेटमा कुवेतको कृषि मामिला र माछा संसाधन निर्देशक फैसल साउद अल हसवीले कोभिड सुरक्षा मापदण्ड पालन गर्दै एक समारोह विच उद्घाटन गरेका हुन् भने कुवेतका सबै आउटलेटमा लुलु फूड फिएस्टा २०२१ चालु रहनेछ ।

आज २२ सेप्टेम्बर बुधवार देखि २८सेप्टेम्बर देखि मंगलवारसम्म चल्ने उक्त खाद्य मेलामा विश्वभरका उत्कृष्ट खानाका परिकारहरू प्राप्त गर्न सकिनेछ । लुलु हाइपर मार्केटले उसको वार्षिक क्यालेन्डर अनुसार यो फुड फिएस्टा आयोजना गरेको हो । यो फुड फिएस्टामा सडक खाना स्टल, खानाका नमूनाहरूको काउन्टर, लाइभ कुकिङ स्ट्याण्ड, परम्परागत शैलीका किराना स्टोरहरू र खानासंग सम्बन्धित ठूलो कट आउट तथा सजावट स्टलहर राखिएका छन् ।

लुलु हाइपरको यो वार्षिक खाना महोत्सवमा किराना, ताजा र जमेको खाना, मासु र माछा, साथै गैर खाद्य वस्तुहरु, सौन्दर्य उत्पादनहरु, रेफ्रिजरेटर र एयर कंडीशनर जस्ता इलेक्ट्रोनिक्स सामानहरू र विभिन्न खाद्य ब्रान्डहरु विशेष छुटका साथ विक्रीमा राखिएको छ ।

फूड फिएस्टा २०२१ को अर्को विशेष आकर्षणको पक्ष भनेको यो सिजनको अन्तिम छुटको विक्री (End of Season Sale) हो जसले क्रेताहरुलाई फेसनका सामानहरू, जुत्ताहरू, चस्माहरू, महिला लागि व्यागहरू तथा बालबालिकाको प्रयोगका सामानहरूमा २५ प्रतिशत देखि 75 प्रतिशत सम्म छुट सम्म सुपर छूट प्रदान गर्दछ। ‘End-of-Season’ sale भएकोले ग्राहकहरूको भिड हुने हुँदा उक्त कुराको मध्यनजर गरि लुलुहाइपर मार्केटले १५ सेप्टेम्बर देखि १२ अक्टोबर सम्मको लागि यो अफर कार्यक्रम लागु गरेको छ भने ग्राहकहरूले यो समयमा निर्धक्कसँग अाफूलाइ अावश्यक परेका सामानहरू विशेष छुटमा खरिद गर्न सक्नेछन् ।

लुलु फूड फिएस्टा २०२१ उद्घाटन समारोहको केही झलकः


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...