Thursday 12th March 2026

पाँच नारी स्रष्टाका षड्ऋतुहरू


षड्ऋतु

मेरी सानी छाेरी
काली छैन गाेरी
अति सारै ज्ञानी
मेराे मन्की रानी
अाखाकी हाे नानी
असल छ बानी

अराएकाे मान्ने
अाफै पनि जान्ने
बिहानै उठेर
हात मुख धुने
ब्रश पनि गर्ने
झाेला ठिक्क पार्ने

अनि स्कुल जानि
नास्ता पानी लानी
बाडि चुडि खानि
सारै राम्राे बानि
साथी संग मिल्ने
सगै सगै खेल्ने

स्कुल बाट अाइ
गृहकार्य गर्ने
काम सगाउन
अगि अगि सर्ने
ज्ञानी मेरी छाेरी
बस्छे मुटु भरी

शारदा ढकाल, पाल्पा

टानसिङबाट
तानसिङ भयो
पछि तानसेन
संस्कृतिले धनी
करूवाले नामी
ढाका त झन् दामी

श्रीनगर डाँडा
प्राकृतिक छटा
काष्ठकला दामी
मन्दिर नै नामी
जात्रा चाडपर्व
पाल्पालीको गर्व

गोलघर रम्य
बग्गीढोका भव्य
अनेक मन्दिर
सुन्दर बजार
टुँडिखेल जाने
माडी दृश्य हेर्ने

शान्ता शाक्य

समय ब्यस्तता
बनेको छ कथा
भयौँ कता कता
गन्तव्य हरायो
आफ्नै माइतीको
यादले सतायो ।

जन्मेको ठाँउमा
पाल्पाको गाउँमा
ज्योति छर्नलाई
जान मन थियो
पोख्न पीर ब्यथा
राखेर ममता ।

सीता बिष्ट कार्की (सीबिका), काठमाण्डौ

अाेहाे नी बर्षात
उर्लेर आयो नी
भदौको महिना
असारमा जस्तै
महेनत सबै
डुबाई गयाेनी ।

प्रकृति प्रकोप
कसले खै चिन्नु
नजाने ठाँउ मा
पहिरोले लग्यो
अाहाेनी कसरी
बिचल्ली बनायो ।

मेहनत गरि
अार्जेको सम्पत्ति
लग्योनी अाेहाे
अाखा कै अगाडि
खै कता बस्छन
के खाई बाच्छन ।

नभै हुदैन नी
त्यो बर्षात पनि
धेरै भए बाढी
थाेरै भए पनि
नअन्न न बाली
कृषि हुन्छ हानि ।

हे बर्षात अब
नसताउ धेरै
गरि खाने सबै
लगेर गयाैनी
कसरी अब खै
जाेडनी ती सबै ।

शोभा गौतम, काठमाण्डौ

सबै भक्त जन
शान्त हुन्छ मन
दिउ भेटि फुल
तीन जिल्ला ज‍ोडी
बनी राछ पुल
शान्त सास फेरौ
पुल पनि हेरौ

रूरू कन्या जन्म
त्यो उत्तम क्षेत्र
आउ मेरा मित्र
कल कल काली
पाप नै पखाली
बनौ है पबित्र

चन्द्रकला खनाल (देबी)


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...