Thursday 2nd April 2026

सत्य राम कासिछ्वाको रचनाः “एमसीसी खारेज गर्नु नै वेश”


एमसीसी खारेज गर्नु नै वेश
###################

नेपाल अनुकूल हुन सक्दैन रे एमसीसी संशोधन
सहयोगको नाउँमा देश बर्बाद पार्ने चाहिँदैन त्यो धन

हाम्रा नेता विचार अनुसार आफ्नो पार्टी त समाल्न नसक्ने
कस्तो सोच सर्त सहित अरूको पैसाले देश विकास गर्ने ?

विश्व युद्धकालमा गोर्खालीको नि: शर्त सहयोग
विकासका नाउँमा चाहिन्न शर्त सहितको सहयोग

विगतमा देशविदेशलाई सहयोग गर्न भरिपुर्ण
आज आफै मगन्ते बन्दै कस्तो विडम्बनापूर्ण ?

विश्वलाई शान्ति र संस्कारको मार्ग देखाउने बुद्धभूमि
सम्पदाको विनाश सहित लडाइँको लागि बन्दैछ युद्धभूमि

अपराधका घटनामा हुन्छ शुन्य नेपालको कानुन
आखिर सोझो हुनैपर्छ जसको खाएपछि नुन

सम्झौता पुष्टि हुँदाहुँदै साम्राज्यवादी गठबन्धन
आखिर किन पारित गर्न खोज्दैछ सर्वोच्चले बनेको गठबन्धन

हामी स्वीकार्न तयार छाैं आर्थिक नाकाबन्दी
हाम्रो जन्मसिद्ध अधिकारलाई गर्न दिँदैनौं बन्दी

अन्य वैदेशिक सहयोग रोक्ने कस्तो चेतावनी
हामी पाैरख र मिहिनेतमा रम्ने स्वाभिमानी

लोभलालचमा फसाउँदै पचास करोडको डलर
यसले निम्त्याउँछ सामान्य मानवतामा नि कहर

सम्झौता कार्यान्वयन र सुरक्षाको नाउँमा स्वतः प्रवेश
समयमै सचेत भई एमसीसी खारेज गर्नु नै वेश

-सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर
9841132643
योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक
पेशा: पुर्व पुस्तकालय कर्मी तथा शिक्षक
हाल: राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...