Friday 26th April 2024

टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का वाचन तथा रक्तदान कार्यक्रम सम्पन्न


तीतोपाटी – टुक्का साहित्य समाज काठमाडाैंकाे आयाेजना र बत्तिसपुतली महिला विकास समिति, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ, सामुदायिक प्रहरी गौशाला प्रहरी वृत्त, नेपाल रेडक्रस सोसाइटी पशुपति, चावहिल, बौद्ध उपशाखाकाे सह-आयोजनामा आज असाेज २ गते वृहद् रक्तदान तथा टुक्का वाचन कार्यक्रम काठमाडाैंकाे गाैशालामा भव्यताका साथ सम्पन्न भएकाे छ।

बिहान १० बजे देखि दिउँसाे २ बजेसम्म संचालन भएकाे उक्त कार्यक्रममा २३ स्वयम् सेवी रक्तदाताहरूले रक्तदान गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजकी सचिव विमुन्स पाैडेलकाे संयाेजकत्व र समाजका बलियाे खम्बाकाे रूपमा रहनु भएका सदस्य पूर्ण बहादुर श्रेष्ठको सभापतित्वमा, बत्तिसपुतली महिला विकास समिति की अध्यक्ष उमा गौतम, नेपाल रेडक्रस सोसाइटी पशुपति चावहिल बौद्ध उपशाखा का अध्यक्ष उत्तम महर्जन, सामुदायिक प्रहरी तथा महानगरिय प्रहरी प्रभाग गाैशाला, बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघ को सक्रिय सहभागिता र सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे।

कार्यक्रमकी संयाेजक विमुन्स पौडेलले सुरुवाती सञ्चालन गरेको कार्यक्रममा समापनमा ललिता गिरीले संचालन गर्नु भएकाे थियाे।

उक्त कार्यक्रममा रेहित सैजू, पूर्ण श्रेष्ठ ‘हृदयङ्कृत’, संस्थाकी काेषाध्यक्ष रचना शर्मा ‘प्रतिक्षा’, ललिता कालु बिन्दास तथा विमुन्स पौडेलले विभिन्न सर्जकहरूका टुक्का हरू वाचन गर्नु भएकाे थियाे भने साहित्यकार शिव शर्माले छन्द कविता वाचन गर्नु भएकाे थियाे ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाई र बत्तिसपुतली महिला विकास समिति की अध्यक्ष उमा गाैतमकाे विशेष पहलमा आयाेजित उक्त कार्यक्रममा कार्यक्रमका सभापती श्रेष्ठ तथा अध्यक्षद्वय चापागाईं र गाैतमले टुक्का वाचन तथा रक्तदान कार्यक्रमलाई भव्य रुपमा सफल पार्न अार्थिक तथा भाैतिक रूपमा सहयाेग पुर्याउनु हुने सम्पूर्ण स्वयमसेवी, समाजसेवी तथा साहित्यकारहरूमा हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे।
रक्तदान समारोहका केहि झलकहरूः


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...