Saturday 20th April 2024

मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु नेपाल ल्याइयो


वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव र १५ अस्तु शनिबार नेपाल ल्याइएको छ । ती शव र अस्तु परिवारको जिम्मा लगाइएको छ ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।

कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्‍याउने गरेको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...